Logo

 कञ्चनरूपको सुन्दरी खोलामा पुरुषको शव भेटियो

                     
Logo २१ भाद्र २०८०, बिहीबार १८:३३    

कञ्चनरूप । जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ९ सुन्दरी खोलाको पुल देखी दक्षिण तर्फ खैरबनमा एक पुरुषको शव फेला परेको छ ।

कञ्चनरूप प्रहरीका अनुसार सुन्दरी खोलामा फालिएको अवस्थामा भेटिएको भेटिएको लाश नगरपालिका वडा नं. ७ का  रामकुमार चौधरीका २२ बर्षिया छोरा राहुल चौधरीको रहेको जनाएको छ ।।

चौधरीलाई घाँटी थिचिएर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ । उनको  शरीरमा निलडाम देखिएको छ । घिसारेको डाम बालुवा देखिएको  प्रहरीले जनाएको छ ।

स्थानीयले शव लाश देखे पछि प्रहरीलाई खवर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय कञ्चनपुरले स्थलगत मुचुल्का उठाई लासलाई  पोस्टमार्टम गर्न पठाउने तयारी गर्दे गरेको छ ।

बुवा राम कुमारका अनुसार  धबार बिहान ९ बजे घरबाट निस्किए थिए ।  युवकको शव पुरै नग्न अवस्थामा भेटिएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?