एउटा उखान छ आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा भने जस्तै अहिले सप्तरीको गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालको हाल यस्तै छ ।


प्राय हरेक दिन जसो स्थानीय पत्र पत्रिकामा अस्पतालका विभिन्न समाचार आइरहेका छन । यही सन्दर्भमा राम्रो उपचार नपाएको गुनासो आए पछि समाचार संकलन गर्न पुगेका पत्रकारमाथि कुटपिट सम्म गरिनु अत्यन्त निन्दनीय कार्य हो ।
अस्पतालको सुरक्षार्थ खटिएका प्रहरी कै अगाडि कुटपिट र क्यामरा खोस्ने प्रयास गर्नु भनेको नियोजित तरिकाले भएको भन्ने प्रष्ट हुन्छ । सर्जिकल वार्डमा कुटपिटबाट उपचारमा रहेको विरामको जबरजस्ती डिस्चार्ज भएको विषयमा बिरामी र आफन्तसँग कुराकानी गर्दै गर्दा पत्रकार माथि आक्रमण गरिनु र गाइने वार्डमा छिरी क्यामरामा फोटो खिचेको आरोप लगाई उल्टै प्रहरीमा उजुरी दिनु भनेको अस्पतालले आफ्नो कर्तुत लुकाउन खोजेको प्रस्ट हुन्छ ।

पत्रकारलाई समान्य ज्ञान नभएको आरोप लगाई कुटपिट र दुर्व्यवहार गर्नु अस्पताल प्रवासनको नियत राम्रो देखिदैन । समाचार सङ्कलनमा पुगेका पत्रकारले सूचना संकलन गर्न निर्वाध रुपमा पाउनु पर्छ ।
कस्तो समाचार दिने र कस्तो दिन नमिल्ने भन्ने कुरामा पत्रकार स्वयम् नै जानकार रहने भएका कारण कुनै पनि बहानामा समाचार सङ्कलनमा रोक लगाउन मिल्दैन ।
कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमको व्यवहार हुनु निन्दनीय र कानुन विपरीतको कार्य हो । घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई पत्रकारलाई निर्वाध र सुरक्षित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायले चासो दिनु पर्दछ।
कुनै पनि सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । त्यसलाई बेवास्ता गर्दै सार्वजनिक निकायमा बसेका जिम्मेवार अधिकारीबाट भएको हर्कत निन्दनीय र संविधान विपरीतको कार्य हो । यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायले कदम चाल्नु पर्दछ । ‘गुण्डागर्दी शैलीमा पत्रकारलाई दुर्व्यवहार गर्दै धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको काम हो ।
शुक्रबार गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल समाचार संकलन गर्न पुगेका शम्भुनाथ मिडिया प्रालिद्वारा सञ्चालित के छ खबरका सञ्चालक निखिल राउत, (विवेक) पत्रकार नर्मदेव यादव, क्यामरा म्यान प्रेम यादव र सन्दिप मण्डल माथि दुर्व्यवहार र कुटपिट गरेको भएको विषयमा महासंघ सप्तरीले शाखाले केही प्रतिकृया दिएको देखिएन किन ? महासंघ सप्तरीले शाखाले यस विषयमा छिटो भन्दा छिटो कुनै ठोस निर्णय लिनु पर्ने आवश्यकता छ ।
सत्य तथ्य बझ्न अस्पताल सिसी क्यामेरा जडान होला के के भयो भन्ने कुरा प्रष्ट होला । समाचार संकलन गर्न पुगेका पत्रकार को कमी कमजोरी भए सो कुरा उल्लेख गर्नु पर्यो । कि त अस्पतालको कमी करजोरी भएको प्रष्ट पार्न जरुरी छ ।












