कञ्चनरूप । समाचार संकलनका क्रममा पत्रकार कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै


पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको रुपनीमा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका थिए ।
गत शुक्रबार केछ खबरका पत्रकार नर्मदेव यादव, निखिल राउत ( बेबेक) लगायतका पत्रकारहरुमाथि गजेन्द्रनारायण सिंह अस्पतालमा भएको कुटपिटभएको थियोे ।

अस्पतालमा पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गर्नेमाथि कारबाही गर, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर , मुखदर्शक प्रहरी प्रशासन मुर्दावाद, कानुनी राज्यको संरक्षण गर लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड सहित टायर बालेर स्थानीयबासीले पत्रकारको समर्थनले सडक अवरुद्ध गरेका हुन ।
पत्रकारमाथि पटकपटक राज्यपक्षबाटै कुटपिट र दुर्व्यवहारको घटना हुनु दु:खद भएको भन्दै जय नारीका नाम परिचीत सावित्रीले समेत स्थानीयसंगै आन्दोलनमा
सरिक भएकी थिइन ।
गत २१ गते शुक्रबार शम्भुनाथ नगरपालिका १२ कि ६६ बर्षिय एकल महिला रामरती सदालाई अस्पतालले सन्चो नभई डिस्चार्ज गरेको भनी आफन्तजनले खबर गरेपछि समचार संकलनका लागि केछ खबरका टिम अस्पताल पुगेका थिए ।
पीडितको समस्या बुझ्नेक्रममा रहेका बेला अस्पतालका स्वास्थ्यकर्मीसहितका समुहले उनिहरुमाथि कुटपिट गर्दै दुर्व्यवहार भएको थियो ।
घटनाको समजवादी प्रेस संगठन नेपाल, शम्भुनाथ मिडिया प्रालि लगायतका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै कुटपिटमा संचारकर्मी कुटपिट र दुर्व्यवहारमा संलग्नहरुमाथि कारबाहीको माग गरेका छ्न ।












