Logo

सुवासचन्द्र सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

                     
Logo २६ भाद्र २०८०, मंगलवार १९:२५    

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गिय नेता नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येटि गरिने भएको हो।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ। त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

एमाले कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उहाँको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन ।

उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरे ।

नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । शोक वक्तव्यमा भनिएको छ, “उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौँ ।”

उनी सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहनुभएको कार्यवाहक महासचिव ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो,” विज्ञप्तिमा भनिएको छ, “अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।”

नेता ज्ञवालीले नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गरेको भन्दै संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित गरेको उल्लेख गरे ।

विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मनुभएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभा ९२०६३०, अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद् ९२०६३०, संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् ९२०६५० तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गरेकमा थिए ।

यस्तै २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहदा उनीे २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले) को सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्रीका हैसियतमा उनले मुुलुकमा कानूनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेलेका थिए। “उनी जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उनी २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा इलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ”, ज्ञवालीले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ ।

विसं २०५६ मा प्रतिनिधिसभा सदस्यको रूपमा इलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उनले खेलेको भूमिका उल्लेखनीय छ । आदर्श स्कुल, इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गरे । उनले महेन्द्ररत्न क्याम्पस, इलाममा बीए पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित भएका थिए। नेपाल ल क्याम्पस, काठमाडौँमा बीएल अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताएका थिए ।

विसं २०४६ को संयुक्त जनआन्दोलन, २०६२÷६३ मा शान्तिपूर्ण जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा उनी पटक–पटक हिरासतमा परेका उथए । विसं २०३३ असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गरे उनी २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित भएका थिए ।

उनी छैटौँ महाधिवेशन ९२०५४० र सातौँ महाधिवेशन ९२०५९० बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दशौँ राष्ट्रिय महाधिवेशन ९२०७८० बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी निर्माण तथा विस्तारमा उनको योगदानको पार्टी उच्च मूल्याङ्कन गर्ने नेता ज्ञवालीले बताए ।

विसं २०३६ देखि नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभएका उनले नेपाल बार एसोसिएसन केन्द्रीय सदस्य ९२०४१० तथा महासचिव ९२०४३० का रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियशनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।

कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उनी बहुआयामिक व्यक्तित्वका धनी भएको नेता ज्ञवालीले बताए । हिटाबाट


लोकप्रिय छुटाउनुभयो कि ?