Logo

गजेन्द्रनारायण सिंह अस्पतालले पत्रकार राउतलाई आपराधिक मुद्दा लगाई पक्रायो 

                     
Logo २७ भाद्र २०८०, बुधबार २२:२५    

कञ्चनपुर । पत्रकार निखिल राउत ( विवेक )लाई केछ खबर अलाईनको कार्यालयबाट बुधबार राउतलाई आपराधिक मुद्दामा लगाई गजेन्द्रनारायण सिंह अस्पताल पक्राएको छ ।

शम्भुनाथ मिडिया हाउसद्वारा संचालित केछ खबर अनलाइनका सञ्चालक निखिल राउत ( विवेक ) लाई रुपनी गाउँपालिका १ स्थित अलाईनको कार्यालयबाट आपराधिक प्रवेश मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गत भदौ २१ गते गजेन्द्रनारायण सिंह अस्पतालको बारे समाचार सङ्कलनको क्रममा प्रवेश निषेध क्षेत्र प्रवेश गरेको पत्रकार राउत माथि अस्पतालको आरोप लगाउदै मुद्दामा दर्ता गराएको छ ।

केछ खबर अलाईनको टिम लिएर सङ्कलनका लागि अस्पताल पुगेका राउतमाथि स्वास्थ्यकर्मी सहितका समूहले कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए ।

राउतले २०७७ साल आश्विन २० गते सूचना तथा प्रसारण विभाग र २०७७ साल आश्विन २० गते नै प्रेस काउन्सिलमा क्रमश दर्ता नं. २०७७ र ५२० नम्बर लिई केछ खबर अनलाइन पत्रिका सञ्चालन गर्दै आएका छन । 


लोकप्रिय छुटाउनुभयो कि ?