Logo

सप्तरीमा विभिन्न पार्टी परित्याग गरि हजारौं सङ्ख्यामा नेकपा (एस)मा प्रवेश

                     
Logo २८ भाद्र २०८०, बिहीबार २१:१७    

कञ्चनरूप । सप्तरीको खरचुसहयामा विभिन्न पार्टी परित्याग गरि हजारौं सङ्ख्यामा नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टी खडक नगरपालिका ५ ले आयोजना गरेको अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नवप्रवेशीहरूलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराका हनु ।

अध्यक्ष नेपाल आजै अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न काठमाडौँ देखी सप्तरी आएका हुन ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य ऐयुव राईन, एमाले जिल्ला सदस्य बलराम चौधरी, लोसपा खडक नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार ननु चौधरी कलवार, नेपाली कांग्रेसका हासिन मियाँ, नेकपा एमाले  खडक नगरपालिका वडा   नम्बर ८ का प्रत्यासी  उम्मेदवार अब्दुल कैयुम(मिस्टर) वडा नम्बर ९ का राम अवतार बिक, लोसपाका वडा नम्बर १० का सुशील कुमार चौधरी, ३ का प्रेम कुमार चौधरी, ५ का रघुनन्दन चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि हजारौँको सङ्ख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

CPNUS

यसैगरी नेकपा एमाले सिरहा जिल्ला समिति सदस्य राज कुमार साह, माओवादीका सुर्य नारायण साहको नेतृत्वमा दर्जनौं नेताकार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छ्न

एकीकृत समाजवादी पार्टीका खडक नगरपालिका नगरपालिकाका अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नवप्रवेशीहरूलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री नेपाल, एकीकृत समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिव नागेन्द्र प्रसाद चौधरी, स्थायी समिति सदस्य रामपृत पासवान, केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एकीकृत समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष राजेन्द्र प्रसाद चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत खडक नगरपालिकाका उपाध्यक्ष गंगाराम चौधरीले गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?