Logo

बचतकर्ताको निक्षेपलाई उत्पादनसगं जोडनु पर्ने

                     
Logo ३१ भाद्र २०८०, आईतवार २०:५३    

राजविराज । सप्तरीको राजविराजमा शनिवार सहकारी केन्द्र मधेस प्रदेश नेपालका उपाध्यक्ष शिव शंकर पन्डित अध्यक्षतामा तथा नेकपा (माओवादी केन्द्र ) सजिव तथा मधेस प्रदेसको इन्चार्ज लीलामणि पोखरेलको प्रमुख अतिथिमा जिल्ला भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले सहकारीको सिद्घान्त,उदेश्य अनुसार नचलेको कारण कतिपय सहकारी धाराशाही भएको बताउदै बचतकर्ताको निक्षेपलाई उत्पादन मुलक कार्यमा नलगाएको कारण मुलुकमा यति बैला कतिपय सहकारीले बचतकर्ताको निक्षेप फिर्ता नगरेको बताउनु भयो । अब हामीले बचतकर्ताको निक्षेपलाई उत्पादनसगं जोडनु पर्नेमा जोड दिनु भयो । उहाँले पार्टीले ल्याएको जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत सबै जोडिन हुन आग्रह समेत गर्नु भयो । उहाँले मधेस प्रदेस सहित मुलुक भरी सञ्चालनमा रहेको अभियान वडाहरूमा विभिन्न कार्यक्रमहरूको साथै अभियान अन्तर्गत सहिद र बेपत्ता परिवारका घरघरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य भईरहेको बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सचिवालय सदस्य तथा केन्द्रिय सदस्य एवम पुर्व मन्त्री तथा ३ महिने अभियानका सप्तरी इन्चार्ज ।महेन्द्र पासवान, प्रदेश पुर्व सदस्य छेदी रजक९विमल०,सहकारी केन्द्र नेपालका उपाध्यक्ष हिरा थापा,महासचिव ईश्वरी पाण्डे, मधेस प्रदेसका अध्यक्ष मिश्रीलाल सहनी,दिपेन्द्र माझी,विनोद यादव,लगायतले आ आफनो शुभ कामना मन्तब्य दिएका थिए । सो भेलाबाट चेत नारायण महतोको अध्यक्षता १९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । सो कमिटीमा उपाध्यक्षद्वय राजु यादव,लक्ष्मी चौधरी,सचिव संजय सिंह,सह–सचिव ममतादेवी माझी,कोषाध्यक्ष बिरेन्द्र यादव रहेका छन भने सुरेन्द्र यादव,बल बहादुर महतो,राजनारायण साह।राजकुमार महतो,इनरदेव खत्वे,लगायत सदस्य रहेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?