Logo

सप्तरीको खडक नगरपालिकामा बाल विवाहविरुद्धको बृहत अभियान संचालन

                     
Logo ३१ भाद्र २०८०, आईतवार २०:४३    

कञ्चनरू। सप्तरीको खडक नगरपालिका बालविवाह मुक्त घोषणाको तयारी शुरु गरेको छ ।

“बाल विवाह नै करबै, नै करे देबै हमर प्रतिबद्धता” भन्ने नाराका साथ नगरपालिकाले आइतबार बालविवाहविरुद्धको बृहत अभियान ११ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी एकैसाथ बालविवाहविरुद्धको अभियान प्रारम्भ गरेको हो । बालविवाहविरुद्धको अभियान प्रारम्भ उपस्थित अतिथिहरुले सादा ब्यनरमा हस्ताक्षर गरेर प्रारम्भ गरेका छन ।

कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माला कर्णले अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरिन भने बक्ताले अभियानलाई सशक्त तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा नगरपालिकाले आयोजना गरेको उक्त अभियानको उद्घाटन समारोहमा प्रमुख अतिथि मधेश प्रदेश सदस्य माला कर्ण, नगर प्रमुख जय प्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, सबल नेपालकी अध्यक्ष, सेभ द चिल्ड्रेनका प्रतिनिधि लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?