Logo

रूपनगरमा चन्द्र सूर्य अंकित राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइने 

                     
Logo १ आश्विन २०८०, सोमबार १७:११    

कञ्चनरूप । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधान प्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रूपनगर चौकमा राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइने भएको छ ।

कञ्चनरूप वडा नं. १२ वडा सदस्य तथा राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटी अध्यक्ष जैनुद्दीन मियाले एक सूचना उत्प्रेक्षण गर्दे जानकारी दिएका हुन ।

युवा संघ नगर अध्यक्ष जैनुद्दीनले संविधान दिवसका दिन कञ्चनरूप वडा नं.१२ स्थित रूपनगर चौकमा राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाउने कार्यक्रम भएकोले नेपालीपन झल्किने पोशाकमा उपस्थित भै दिन अनुरोध गरेका छन ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।

सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।

वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?