Logo

कञ्चनरूपको २०८०/०८१ को लागी ६१ करोड ३३ लाख ७ हजारको बजेट प्रस्तुत

                     
Logo २ आश्विन २०८०, मंगलवार १७:२०    

कञ्चनरूप । नगरपालिकाको नवौँ नगर सभामा मंगलबार उपप्रमुख मुना कुमारी पोखरेलले आर्थिक वर्ष २०८०/०८१ को बजेट नीति तथा कार्यक्रमबाट ६१ करोड ३३ लाख ७ हजारको बजेट प्रस्तुत गरेकी हुन ।

उपप्रमुख पोखरेलले आन्तरिक आय २ करोड ५ लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ३१ लाख ७ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड, संघीय सरकारको वित्तीय समानीकरण  १४ करोड ५५ लाख, संघीय सरकार सशर्त चालू २८ करोड ५२ लाख, संघीय सरकार सशर्त पुँजीगत ५० लाख, संघीय सरकार समपूरक पुँजीगत १ करोड १० लाख, संघीय सरकार विशेष पुँजीगत २ करोड ३० लाख बजेट प्रस्तुत गरिन ।

नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुना कुमारी पोखरेलले ६१ करोड ३३ लाख ७ हजारको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन ।

यसैगरी  मधेश सरकार वित्तीय समानीकरण ( गत आव  १ करोड ४ लाख, ८३ हजार) मधेश सरकार विशेष ३० लाख, मधेश सरकार समपूरक २० लाख गरि कुल ६१ करोड ३३ लाख ७ हजारको बजेट प्रस्तुत गरिन ।


लोकप्रिय छुटाउनुभयो कि ?