Logo

छिन्नमस्ता गाउँपालिकाको बेथितिका विरुद्ध नेकपा एसका पालिकास्तरीय नेताले गरे आन्दोलनको घोषणा 

                     
Logo २ आश्विन २०८०, मंगलवार २०:०१    

राजविराज ।  छिन्नमस्ता गाउँपालिकाका प्रत्यासी अध्यक्ष उम्मेदवार तथा नेकपा्(एकिकृत समाजवादी) सप्तरी जिल्ला कमिटी सचिवालय सदस्य एवम् नेकपा(एकिकृत समाजवादी) जय प्रकाश यादव तथा छिन्नमस्ता गाउँपालिका, अध्यक्ष सत्यदेव मण्डलले छिन्नमस्ता गाउँपालिका कार्यालय, छिन्नमस्ताले गत असार गतेका दिन विभिन्न २१ बुँदे मागहरू राखी ज्ञापनपत्र पेश पेस गरेको र असार २५ गते ध्यानाकर्षण पत्र समेत बुझाउदा समेत गाउँपालिका कार्यालयले तत्परता नदेखाएकोमा गैर जिम्मेवारीपनको उदाहरण बन्दै जनतालाई सुशासनको अनुभुति गर्ने खालका कुनैपनि उदाहरणीय, अनुकरणीय, दिगो भरपर्दो, न्यायोचित कामकाज गर्न गराउन नसक्नु, भन्दै चरण बद्ध आन्दोलनको घोषणा गरेका छन ।

प्रत्यासी अध्यक्ष उम्मेदवार यादव र अध्यक्ष मण्डलले नेकपा्(एकिकृत समाजवादी) सप्तरी जिल्ला  पाटी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दे पेस विज्ञप्ति माफर्त चरण बद्ध आन्दोलनको घोषणा गरेका हुन ।

उनीहरूले असोज २ गते पत्रकार सम्मेलन गर्ने असोज ३ गते देखि असोज ९ गते सम्म जनता जागरण तथा भण्डाफोर कार्यक्रम पालिकाको सबै वडामा गर्ने , असोज १० गते देखि असोज १६ गते सम्म गाउँपालिका केन्द्रित विरोध कार्यक्रम तथा विभिन्न राजनैतिक दलका व्यक्तिहरू सँग सहकार्य एवं समन्वय कार्यक्रम गर्ने , असोज १७ गते देखि असोज २४ गते सम्म समाजिक सञ्जाल मार्फत विरोध तथा हस्ताक्षर संकलन अभियान गर्ने र जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुझाउने र  असोज २५ गतेबाट  दोस्रो चरणको सशक्त सङ्घर्षको कार्यक्रम तय गरी घोषणा गर्ने  बताएका छन ।

निहरुले छिन्नमस्ता गाउँपालिका कार्यालय, छिन्नमस्ता, सप्तरीमा वर्तमान स्थानीय सरकारले सर्वसाधारण जनतालाई अनुभुति गर्ने खालका कुनैपनि उदाहरणीय, अनुसरणीय, अनुकरणीय, दिगो भरपर्दो, न्यायोचित कामकाज गर्न गराउन नसक्नु, जनताको दैनिक जीवनयापन सँग सम्बन्धित रहेको विभिन्न किसिमका प्रशासनिक लगायत स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने अन्य नियामक एवं निर्णयात्मक कामकाजको लागि नभई नहुने आवश्यक कानून, कार्यविधिहरू हालसम्ममा समेत बनाउन नसकिएको कारणले आम सेवाग्राहीको दर्जनौँ कामकाजहरू पूर्ववत् स्थानीय सरकारको पालादेखि नै अवरुद्ध रही निरन्तरता पाइरहेको कुरा सबैमा छर्लङ्ग रहेको उल्लेख गरेका छन ।

विज्ञप्तिमा भनिएको छ विकासात्मक योजना तथा कार्यक्रम तर्फ समेत व्यक्ति मूखि, कार्यकर्ता मूखि, स-साना टुक्रे, झोले लक्ष्य विहीन एवं बढी मुनाफा हुने अपारदर्शी योजना तथा कार्यक्रम विधिप्रकृया विपरीत, आफूखुशी स्वेच्छाचारी रुपमा छनौट गरी आर्थिक वर्ष समाप्तिको चरणमा धमाधम गर्नु गराउनु वर्तमान स्थानीय सरकारको ढिलासुस्ती, कामचोर प्रवृत्ति, अराजकता, गैर जिम्मेवारीपन र अक्षमताको प्रतीक हो ।यसका अलावा कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य विषयगत शाखा, इकाईका कर्मचारीहरू कार्यालय समय पालन नगर्नु र गैर जिम्मेवारीपनको कारणले आमसेवाग्राहीहरुको कामकाज समयमा सम्पादन हुन नसकी प्रभावित हुनु, बिगत आषाढ १० गते र गत असार ७ गते सम्पन्न भएको दुई आ.ब. को कथित गाउँसभा बाट स्वीकृत भएगरेको योजना तथा कार्यक्रम हालसम्ममा समेत सार्वजनिकीकरण नगर्नु एवं योजना तथा कार्यक्रम पुस्तिका समेत प्रकाशन नगरी गोप्य राख्नु र गत आ०ब० को योजना तथा कार्यक्रमहरू आफू अनुकुल कर्मचारीहरूलाई गोप्यरूपमा दर्जनौँ कार्यक्रमको लागि एकैपटक पेश्की रकम उपलब्ध गराई विभिन्न किसिमका नाफामूलक र सस्तो लोकप्रियता कमाउने खालको कामकाज मात्र गर्नु गराउनु र कानून बमोजिम माग गरिएका सूचनाहरू उपलब्ध नगराई आज भोली बहाना बनाई आलटाल गर्दै पदीय जिम्मेवारीबाट विमुख भई सूचनाको हकबाट वञ्चित गराउनु, कार्यालयबाट सम्पादन हुनेगरेको प्रत्येक कृयाकलापहरू समयमा सञ्चालन नभई नगरी बजेट फ्रिज हुनु र अधिकांश कार्यक्रमहरू भौतिक धरातलमा नगरी नगराई कागजात मिलाएर प्रकृया पुरा गरी गुपचुप रुपमा फरफारक गर्नु, आफू निकष्ट वा अनुकुलका व्यक्ति, फर्म, संघ र संस्था र सप्लायर्स बाट मात्र सार्वजनिक खरिद लगायतका अन्य कार्यक्रम गर्न गराउनु, प्रभावकारी अनुगमन गर्नगराउन नसकी कर्मचारीहरूको कामचोर प्रवृत्तिलाई प्रसय दिइनु, दिनानुदिन खुलेआम भ्रष्टाचार मौलाउदै जानु, जनताको सेवामुखि भन्दा प्रकृया मुखि, व्यक्तिमुखी कार्यतर्फ अग्रसर भई पदीयदायित्व एवं जिम्मेवारीबाट पन्छिनगई आरोप प्रत्यारोपमा समय खेरफाली जनतालाई हैरानी, सास्तीदिई सार्वजनिक सेवाप्रवाह प्रति दिनानुदिन वितृष्णा सृजित गर्दै जानु लगायतका दर्जनौँ सृजित एवं आगत समस्याहरुबाट यस गाउँपालिकाको वेतिथी कहालीलाग्दो एवं जर्जररहेको अवस्था आमजनमानसमा कसैसंग लुक्न नगई जगजाहेर रहेको परिप्रेक्ष्यमा हाम्रो पाट्रीको तर्फबाट उपरोक्त निन्दनीय घटनाहरूको घोर भर्सन गर्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

हाम्रो पार्टीको तर्फबाट यस गाउँपालिका कार्यालयमा मिति गत  असार १० गतेका दिन विभिन्न २१ बुँदे मागहरू राखी ज्ञापनपत्र पेश गरेका थियौं जुन निम्नानुसार रहेको छ । तर गाउँपालिका कार्यालयले हाम्रा जायज मागहरू लाई पुरागर्न गराउन अग्रसरता नदेखाई मुठभेड गर्नगराउन खोजेको विषम परिस्थितिमा समेत गत असार  मसान्तको समाप्तिको चरणमा आम उपभोक्ता एवं सेवाग्राहीको समस्यालाई मध्यनजर गर्नुका साथै हामी शान्तिपूर्ण , शिष्ट, मर्यादित एवं अनुशासित सिद्धान्त अनुसरण गर्ने पार्टीको नेता कार्यकर्ता भएको कारणले समेत कुनै अमर्यादित, अनुशासनहीन एवं अशिष्ट तरिकाले हाम्रा माँगहरु पुरागराउनका लागि अग्रसरता नदेखाइएका त्यसलाई हाम्रो निरीहता, विवशता एवं लाचारीपन समझेर गाउँपालिकाले बिभिन्न बहानाबनाई आलटाल गर्नेगरेको परिप्रेक्ष्यमाहाम्रो पार्टीको तर्फबाट पुनस् मिति गत असार २५ को प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदा समेत हालसम्ममा गाउँपालिका कार्यालयले तत्परता नदेखाएकोमा हामी यस्तो गैर जिम्मेवारीपनको घोर निन्दा गर्दछौँ भनेका छन ।

समस्यालाई केलाएर सूक्ष्मरूपमा अध्ययन अनुसन्धान र तहकिकात गरी अविलम्ब व्यवस्थापन हुने गरी दीर्घकालीन र स्थायित्व समाधान गरिनुका साथै भ्रष्टाचार मुक्त र सुशासन युक्तू गाउँपालिकाको अवधारणालाई आत्मसाथ गर्दै कसैलाई काखापाखा नगरी नगराई विना भेदभाव, भयरहित वातावरणमा हाम्रालाई भन्दा पनि राम्रालाई पृष्ठपोषण दिनेगरी हामी सबैको लागि नाफामुखी भन्दा सेवामुखी अनुकरणीय एवं दिगो विकासको लक्ष्य अनुरूप आम जनतालाई बोद्ध हुनेगरि लक्ष्य एवं उद्देश्य लिई, दृढसंकल्प गरी मुलुककै नमूना गाउँपालिका बनाइयोस् त्यस कार्यमा हामी साथ र सहयोग गर्नुका साथै प्रशंसा एंव समर्थन गर्ने छौ र नराम्रो कुकृत्य कार्यको भण्डाफोर एवं खबरदारी गर्न रतिभर पछाडि नपर्ने वाचा सहितको प्रतिवद्धता जाहेर गर्दछौँ विज्ञप्तिमा उल्लेख छ ।

पाट्रीले माँग गरेको २१ बुँदे मागहरू छिन्नमस्ता गाउँपालिकाले पुरानगरेको कारणले बाध्यभई हामी हाम्रा मागँहरु पुरागराउन तपसिल अनुसारको संघर्षको कार्यक्रम सम्बन्धित सबैलाई जानकारी गराउनुका साथै हाम्रा मागहरु पुरा गराउन आवश्यक सल्लाह सुझाव, साथ र सहयोग उपलब्ध गरिदिनका लागि आम न्यायप्रेमी जनता, बुद्धीजिबि, समाजसेवी,राजनितिक दल, नागरिक समाज, पत्रकार, उद्योगी ब्यापारी, किसान, मजदुर, विद्यार्थी समेतलाई सहयोग गरिदिन हार्दिक अपिल गर्दछौ र हाम्रा माँगहरु पुरा गर्नगराउन गाउँपालिका कार्यालयले वेवास्ता गरेमा हामी थप शशक्त शंर्घष गर्न बाध्य हुनेछौ र त्यसको सम्पुर्ण जिम्मेवारी छिन्नमस्ता गाउँपालिका कार्यालयले लिनु पर्नेछ भन्ने कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौं प्र्रत्यासी अध्यक्ष उम्मेदवार यादव र अध्यक्ष मण्डलले विज्ञप्तीमा जनाएका छन ।

हाम्रा माँगहारु यस्ता छन ।

१) चालु आ.ब. २०८०।०८१ को कथित गाउँसभाबाट पारित गरिएका निर्णय र योजना तथा कार्यक्रमहरुको समस्टिग विवरण उपलब्ध गर ।

२) गत आ.ब २०७९।०८० को योजना पुस्तिका, खर्चको फाँटबारी,विषयगत शाखारउपशाखा तथा कृयाकलापहरुको छुटाछुटै प्रगतिविवरण उपलब्ध गर ।

३) आ.ब २०७९।०८० को स्वीकृत योजना तथा कार्यक्रम मध्ये संचालन भएका योजनारकार्यक्रमहरु के कुन प्रकृयाबाट, के कुन मितिमा संचालन गरेको हो ? सोको पुस्टयाई हुने कागजात सहित हाल सम्म सफ्टवेयर(सुत्र) प्रणालीबाट काटिएका चेक लिष्ट विवरण उपलब्ध गर ।

४) गत आ.ब २०७९।०८० मा के कुन योजना तथा कार्यक्रमको लागि, के कुन कर्मचारीलाई, के कुन मितिमा, के कति पेश्की रकम उपलब्ध गराईएको होरु र सो कार्यवापतको पेश्की फर्छयौट भए गरेको हो होइनर ? सो को विवरण उपलब्ध गर ।

५) यस गाउँपालिका कार्यालयमा करार, ज्यालादारी डोर हाजिरीमा कार्यरत रहेका कर्मचारीहरु के कुन प्रकृयाबाट, के कुन पदमा, के कुन मिति देखि कार्यरत रहेका हुनरु सो को विस्तृत विवरण उपलब्ध गर ।

६) यस गाउँपालिकाको कार्यालय, विषयगत शाखा, उप शाखार वडा कार्यालयहरूको कार्यालय भवन के कुन स्थानमा, के कति घर कोठा संख्या, के कुन मिति देखि र के कुन प्रकृयाबाट (आफ्नै भवन रहेको वा भाँडामा) लिइएको हो ? सो को विवरण उपलब्ध गर ।

७) नाम थर, पद, सम्पर्क मो. नं. र फोटो सहितको विवरण भएको सूचना अधिकारीको व्यवस्था अविलम्व गर ।

८) गाँउपालिका कार्यालयको प्रवक्ता नियुक्त गरी सो को  जानकारी उपलब्ध गर ।

९) यस गाउँपालिका अन्तर्गत  रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत रहेका विद्यार्थी संख्या र शिक्षक अनुपातको आधारमा नियमवद्ध तरिकाले दरबन्दि मिलान कार्य गर ।

१०)  यस गाउँ कार्यपालिकाको पदाधिकारीहरू सहित गठन भएका अन्य विषयगत शाखा, उप शाखा समितिको पदाधिकारीहरूको विस्तृत विवरण उपलब्ध गर ।

११ं  संघीय सरकार र प्रादेशिक सरकारबाट उपलब्ध गराइएका सशर्त अनुदानतर्फको अधिकांश कार्यक्रमहरू समयमा सञ्चालन गर्न नसकी बजेट फ्रिज गर्नुगराउनुका यथेष्ट कारण उपलब्ध गर ।

१२) गत आ.ब २०७९।०८० मा भए गरेका खर्चहरू मध्ये पूँजीगत खर्च र चालु खर्च खाताको छुट्टा छुट्टै विवरण उपलब्ध गर ।

१३) गत आ०ब०देखि गा०पा०को अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको निजी प्रयोगमा रहेको २ वटा चारपाङ्ग्रे भाँडाको गाडी के कति भाडाँ दरमा (मर्मत सम्भार, इन्धन र  चालक समेत) लिइएको हो रु सो को विवरण उपलब्ध गर ।

१४) गत आ.ब मा गा.पा. मा खरिद भए गरेका सम्पूर्ण जिन्सी सामग्रीहरू के कुन मितिमा, के कति लागतमा, के कुन प्रकृयाबाट खरिद गरेको होरु सो को बिस्तृत विवरण उपलब्ध गर ।

१५) कानून बमोजिम गोप्य राख्नुपर्ने बाहेकका सम्पूर्ण सूचना एवं जानकारीहरू गाउँपालिकाकोFace book, website सूचना पाटी मा नियमानुसार समय समयमा सम्प्रेषित गरी आम नागरिकको सूचनाको हकलाई प्रत्याभूति गर ।

१६) गत आ.ब २०७९।०८० को गाउँ सभाबाट पारित भएका योजना तथा कार्यक्रम अन्तर्गत के कुन व्यक्तिलाई के कुन नगदी वा जिन्सी सामग्रीहरू बितरण गरिएका हुन सोको भरपाई सहितको विवरण  उपलब्ध गर ्र

१७) गाउँपालिका कार्यालयको प्रशासकीय भवन गाउँपालिका अध्यक्षको निजी घरमा के कुन प्रकृयाबाट, के कति भाडा दरमा लिइएको हो ? सो को विवरण उपलब्ध गर ।

१८) आ.ब २०७८।०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएका विद्यालयहरूको बजेट निकाश हाल सम्म रोक्का राखी कार्य सञ्चालन नगर्नुका कारण जानकारी गर ।

१९) गत आ आ.ब २०७९।०८० मा दिवाखाना कार्यक्रमको सम्पूर्ण लागत खर्च र सहभागि विद्यार्थीहरूको विवरण उपलब्ध गर र मापदण्ड पुगेका विद्यालयहरुको नयाँ तथा थप कक्षा सञ्चालन अनुमति दिने प्रकृयागत अगाडि बढाउ ।

२०) आ.ब २०७८।०७९ को योजना तथा कार्यक्रमको खर्चको फाँटवारी तथा प्रगति विवरण उपलब्ध गर ।

२१) गत आ.ब २०७९।०८० मा भुक्तानी हुन नसकेका योजना तथा कार्यक्रमको प्रमाणित विवरण उपलब्ध गर । 


लोकप्रिय छुटाउनुभयो कि ?