Logo

संविधान दिवसको अवसरमा रूपनगर चौकमा आठ फिटको राष्ट्रिय झन्डा स्थापना  (फोटो फिचर)

                     
Logo ३ आश्विन २०८०, बुधबार १७:३८    

कञ्चनरूप । संविधान दिवस, २०८० का अवसरमा आज राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटीले रूपनगर चौकमा राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइने भएको छ ।

राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधान प्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रूपनगर चौकमा राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइएको छ ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ,

कञ्चनरूप वडा नं। १२ वडा सदस्य तथा राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटी अध्यक्ष जैनुद्दीन मियाले  राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइको जानकारी दिएका हुन ,

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।

सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।

वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?