कञ्चनरूप । जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर–४ कदमाहा टोलनजिक रहेको माछापोखरीका बुधबार एक जनाको शव फेला परेको छ ।


कदमाहा टोल भन्दा तीन सय मिटर पश्चिममा स्थानीय भुवनेश्वर साफीको रेखदेखमा रहेको माछा पोखरीमा पहिचान नखुलेका ४०/४५ वर्षका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













