Logo

नेकपा माओवादी केन्द्रको सप्तकोशी नगर  स्तरीय र रुपनीमा अगुवा कार्यकर्ता भेला सम्पन्न 

                     
Logo ३ आश्विन २०८०, बुधबार २०:३०    

कञ्चनरूप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमान्ड एकको आयोजनामा बुधवार सप्तकोशी नगर  स्तरीय र रुपनीमा गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

सप्तकोशी नगरपालिका –८ स्थित ओद्राहामा बुधवार नगर कमिटी द्वारा आयोजना गरेको अगुवा ,कार्यकर्ता भेला  नगर अध्यक्ष गुणराज कोइरालाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी अभियानका  इन्चार्ज पूर्व मन्त्री महेन्द्र पासवानको ,प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व मधेस प्रदेश कमिटी सदस्य । छेदी रजक(विमल) ,पुरानो बरिष्ठ नेता ।पुष्प बस्नेत , पूर्व जि.स. तथा प्रदेश सभाका प्रत्यासी उम्मेदवार बेचन प्रसाद चौधरी लेखी ,मेयरका प्रत्यासी उम्मेदवार ।रबिन्द्र चौधरी , पूर्व जि.स. भरत पौडेल ,महिला नेत्री ,राजकुमारी चौधरी ,किसान नेता ,चन्द्र ना. यादव ,प्रेस सेन्टर प्रदेश कोषध्यक्ष दिपेन्द्र यादव ,सहिद परिवार उर्मिला तिमिल्सिना लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न  आ आफ्नो शुभ कामना मन्तव्य दिएका थिए ।

त्यस्तै रुपनी गापा –६ स्थित बिरेन्द्र बजारमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका  इन्चार्ज पूर्व मन्त्री महेन्द्र पासवानले यो अभियानले निदाएको नेता, कार्यकर्तालाई बुझाउनुको साथै अब नेता ,कार्यकर्तालाई मानसिक रुपमा पार्टी प्रति प्रतिबद्ध बनाउनु यस अभियानको उद्देश्य रहेको बताउनु भयो । यस अभियानमा सम्पूर्ण कमरेड रूपान्तरण आफैबाट शुरु गर्नु पर्ने बताउनु हुँदै पार्टीको कामको प्रचार प्रसार जनता माझ गएर गर्नु पर्नेमा जोड दिनु भयो । अहिलेको संसदीय निर्वाचन प्रणाली महँगो भएकोले गरिव, दलित लगायतका समुदाय लागी सहभागी बनाउन  निर्वाचन प्रणालीमा आमूल परिर्वतन अपरिहार्य रहेकोले देशमा राष्ट्रपति कार्यकारी र सांसदहरू समानुपातिक हुनु पर्ने माओवादीको एजेण्डालाई सम्पूर्ण राजनैतिक पार्टीले सहयोग गर्न आग्रह गर्नु भयो । आम जनताले मुलुकमा भ्रष्टाचार रहित र रोजगारी को ग्यारेण्टी सरकारले गर्नु पर्ने उहाँले  बताउनु भयो । उहाँले पार्टीको यो रूपान्तरण सहितको अभियानलाई जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले भिजन र एक्सन माओवादीसँग रहेकोले मुलुकमा परिवर्तन माओवादी पार्टीले मात्र गर्न सक्ने कुरामा जोड दिनु भयो । उहाँले अभियानबाट नै अव सबै प्रवृत्ति समाप्त भएर जाने दावी गर्नु हुँदै अब त्यो व्यक्तिगत स्वार्थलाई खतम पार्नको लागी आफैबाट रूपान्तरण गर्नु पर्ने  बताउनु भयो । सो अवसरमा स्थानीय समस्या विकास निर्माण लगायतको समस्या कमिटी पद्धतिबाट समाधान हुने बताउनु भयो । सो अवसरमा विशिष्ट अतिथि बैक्लिपीक केन्द्रीय सदस्य अरुणकुमार साह, पूर्व प्रदेश सदस्य छेदी रजक(विमल),अखिल किसान महासधका मधेस प्रदेशका इन्चार्ज हरिनारायण महतो, अखिल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य बिक्रम साह, पूर्व जिल्ला सदस्यत्रय राजु जयसवाल, तेजनरायण यादव, देवलाल माली, भरत चौधरीलगायतले सम सामयिक विषय वस्तुका साथै अभियानको बारैमा आ आफ्नो शुभ कामना मन्तव्य राखेका थिए । पालिकाका संयोजक सिहेश्वर साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो भेलाबाट सिहेश्वर साहको अध्यक्षतामा २१ सदस्यीय तिन महिने अभियान टोली निर्माण भएको छ । सो अभियान टोलीमा पूर्व जिल्ला सदस्य देवलाल माली ,तेज नारायण यादव, राजु जयसवाल, पूर्व कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष छोटेलाल यादव, निर्वाचित वडाध्यक्ष छेदी ईसर,सरोज यादव,भरत चौधरी, देवलाल यादव, रामकिसुन पासवान ,चन्द्रदेव यादव, रामचन्द्र यादव,दुखिलाल यादव,सुखलाल मलाह,सुर्य नारायण साह,खडक बहादुर तमाङ्ग, गणेश यादव,भुवनेश्वर पासवान,नैहरुम खातुन,शहिद परिवार देवकी देवी रहेका छन । त्यसै गर आर्थिक समितिमा छोटेलाल यादव,छेदी ईसर,राजु जयसवाल,चन्द्रदेव यादव रहेका छन , यस्तै प्रचारप्रसार समितिमा राजु जयसवाल(संयोजक),रामकिसुन पासवान,प्रभु यादव,चेत नारायण महतो रहेको गाउँपालिका अभियान टोलीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?