Logo

महादेवा गापामा कामै नभएका योजनाको पेश्की दिइएको स्थानीयको आरोप   

                     
Logo ५ आश्विन २०८०, शुक्रबार १९:४०    

राजविराज  । सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमको लाखौं पेश्की दिएर भ्रष्टाचार ,अनियमितता गरेको आरोप स्थानीयले लगाएका छन ।

महादेवा गाा.पा,मा आर्थिक वर्ष २०७९/०८० मा जनता आवास कार्यक्रम अन्तरगत  सुरक्षित नागरिक आवास कार्यक्रम वापत ९० जना विपन्न नागरिकलाई जस्ताको छाप्रो भएको घर  निर्माणका लागी सशर्त अनुदानमा विनियोजित ६८ लाख ५० हजार रकम प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, लेखापाल रमेशकुमार चौधरी,सह–लेखापाल हिरालाल यादव सहितको मिलीभगतमा सूचना प्रविधि अधिकृत सुरेन्द्र यादव (करार) कर्मचारीले पेश्की उठाई लाभग्राहीहरूलाई रकम नवाडी  भ्रष्टाचार, अनियमितता गरेको खुलासा भएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख ५० हजार रकमबाट कुनै पनि विपन्न नागरिकलाई वितरण नगरी उक्त रकमको फर फारक आन्तरिक रुपमा मिलान गर्न महालेखा प्रतिवेदन (म.ले.प,) समेत गोप्य रुपमा गराउन खोजेको हुँदा यस कार्यमा संलग्नलाई कानुनी कार्यवाहीका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ र इटहरीमा समेत उजुरी समेत दिएको नाम नबताउने शर्तमा जानकारी दिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८० साल भदौ १७ गते सीटी ०१३७१४ दर्ता नम्बर रहेको उजुरीकर्ताले बताउनु भयो  । ६८ लाख ५० हजार पेश्की भुक्तानी गरेको गाउँपालिकाद्वारा उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ । पालिकाले सुरक्षित आवास कार्यान्वयन  कार्यविधि २०७७ विपरीत कामै नभएका कार्यक्रममा बजेट निकासा गरि लाखौं रुपैयाँ अनियमितता गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार ९० जनालाई ६८ लाख ५० हजार लाभग्राहीको खातामा रकम निकासा नदिई सूचना प्रविधि अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीले पेश्की उठाई  व्यक्तिगत खातामा  राखी , लाभग्राहीको खातामा प्रथम किस्ता वापत ६० प्रतिशत  काम सम्पन्न भए पछि दोश्रो किस्ता वापत ४० प्रतिशत भुक्तानी दिनु पर्ने सुरक्षित आवास कार्यान्वयन  कार्यविधि २०७७ मा उल्लेख भए पनि भ्रष्टाचार, अनियमितता गर्ने मनसायले प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, लेखापाल रमेशकुमार चौधरी, सह–लेखापाल हिरालाल यादव सहितको मिलीभगतमा सूचना प्रविधि अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा  पेश्की उठाई कामै नगरेपछि लाभग्राहीहरूले सो घटनाको जानकारी पाए पछि सो घटनाको खुलासा भएको हो ।  सो घटना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले अनुगमन प्रतिवेदन र प्राविधिक मूल्यांकन प्रतिवेदन  कागतको आधारलाई हेर्दा कामै बिनै निकासा दिएको स्पष्ट हुन गएकोले स्थलगत निरीक्षण गर्दा पनि भ्रष्टाचार, अनियमितता गर्ने मनसायले प्रमुख प्रशासकीय अधिकृत झा, लेखापाल चौधरी,सह–लेखापाल  यादव सहितको मिलीभगतमा सूचना प्रविधि अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा  पेश्की उठाई कामै नगरेको तथ्य फेला परेको बताउनु भयो । उनले लाभग्राहीहरूले सो घटनाको जानकारी आफूलाई दिई पछि सो घटनाको खुलासा भएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले ९० जना विपन्न नागरिकलाई जस्ताको छाप्रो भएको घर  निर्माणका लागी सशर्त अनुदानमा विनियोजित ६८ लाख ५० हजार रकम फ्रिज हुने देखेर आफूहरूले भ्रष्टाचार, अनियमितता नहोस् भनेर यसै गापाका सूचना प्रविधि अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा  पेश्की उठाइ लाभग्राहीहरूलाई वितरण गर्ने मनसाय राखेर काम गरेको बताए। उनले यसमा कुनै किसिमको चलखेल भएमा राजस्व खातामा पेश्की रकम फिर्ता गर्ने बताए भयो ।


लोकप्रिय छुटाउनुभयो कि ?