Logo

 Kanchan24.com चौथो वर्षमा प्रवेश

                     
Logo ६ आश्विन २०८०, शनिबार ०७:४३    

सप्तरीको कञ्चनरूपबाट प्रकाशन सुरु गरेको यस  Kanchan24.com  प्रकाशनको ३ वर्ष पुरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७७ साल आश्विन ६ गते देखि प्रकाशन प्रारम्भ गर्दै सफलतापूर्वक तेस्रो वर्ष पार गर्न सम्म सहयोग पुर्याउनुहुने सम्पूर्णका हार्दिक आभार व्यक्त गर्दछौँ । अनलाइन पत्रिका स्थापना ताका कोरोना महामारीको कहर थियो । कोरोनाकै कारण देशभर पत्रकारिताको अवस्था अत्यन्त नाजुक थियो । लामो समयदेखि प्रकाशन हुँदै आएका यहाँका धेरै जसो पत्रपत्रिका बन्द हुन पुगेका थिए ।

कोरोनाका कारण आर्थिक अवस्था खस्केको थियो । बजार, व्यवसाय, उद्योग, कलकारखाना सबै धराशायी थिए । तर, हामीले सोही बेला सबै चुनौती जान्दाजान्दै अनलाइन पत्रिका प्रकाशन आरम्भ गर्ने आट गर्यौ। र अनलाइन माध्यमबाट अनलाइन पत्रिका प्रकाशन आरम्भ गर्यौ।

विधिवत रुपमा कम्पनी रजिस्ट्रारको कार्यलयमा कम्पनी दर्ता गरि सूचना विभाग तथा प्रेस काउन्सिलको मापदण्ड अनुसार दर्ता भई प्रकाशन अनुमतिका साथ जनतालाई सत्य तथ्य सूचना प्रवाह गर्ने हाम्रो उद्देश्यले मूर्त रूप लिइरहेको हामीले महसुस गरेका छौ ।

प्रकाशन को सुरुवात देखि हालसम्म विभिन्न अवस्थामा Kanchan24.com लाई विज्ञापन प्रकाशित गरी पत्रिकालाई नियमित रुपमा प्रकाशन गर्नमा सहयोग पुर्याउनुहुने सम्पूर्ण विज्ञापनदाता महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । यहाँहरूको साथ, सहयोग र विश्वासले पत्रिकालाई नियमित प्रकाशन गर्न सफल भएका छौ, आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सहयोग यसैगरी रहिरहनेछ भन्ने अपेक्षा लिएका छौ ।

प्रभावकारी सूचना दिन हामी सँधै सचेत र सजग रहने नै छौं । पत्रकारिताको धर्म, मर्म र आचार संहिता पालनामा अडिग छौं । अहिलेको अवस्थामा अनलाइन मिडिया सबैभन्दा प्रभावकारी माध्यम हो भनेर आम जनमानसले पनि बुझेका छन् ।  सबै प्रति हामी आभारी छौं । 

 Kanchan24.com को यात्रा यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा तथा शुभकामना दिनु हुने सबैमा विषेश आभार प्रकट गर्दछौँ ।  Kanchan24.com लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिनुहुने सबै प्रति आभारी छौं । यहाँहरूको साथ सहयोग आगामी दिनमा पनि हामीलाई आवश्यक छ ।

अन्त्यमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमान प्रति जिम्मेवार छौं र रहने छौं भन्ने प्रण समेत मिलाउदै आगामी दिनमा अझ सशक्त कलम चलाउने प्रतिबद्धता जनाउन चाहन्छौँ । यो प्रयासमा सधैँ हौसला दिने तपाईं सम्पूर्ण पाठक, लेखक, पेसाकर्मी, विज्ञापनदाता, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्दछौँ। र, अन्त्यमा फेरि भन्छौ, हामी तपाईँहरूको वाणी बन्छौँ, सधैं-सधैं हामीलाई सम्झिरहनु होला। हामीलाई पछ्याइरहनु होला।


लोकप्रिय छुटाउनुभयो कि ?