राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा सप्तरी अभियानका इन्चार्ज पूर्व मन्त्री महेन्द्र पासवानले जनयुद्ध कालिन नेता, कार्यकर्ताको नयाँ पुरानोलाई समायोजन गरेर कार्य क्षेत्रमा काम गर्नको लागी रूपान्तर सहितको माओवादी पार्टी बनाउनको लागी अभियानको उद्देश्य रहेको बताएका छन ।


पासवानले सप्तरी कमान्ड एकको आयोजनामा गाउपालिका स्तरीय अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको प्रशवनीमा अगुवा कार्यकर्ता भेलामा यस्तो बताएका हुन ।
पासवानले आम जनताले मुलुकमा भ्रष्टाचारीलाई कारागारमा थन्काउनु पर्ने र रोजगारी सिर्जना गर्नु पर्ने पक्षमा रहेको बताउनु भयो । उनले वर्तमान सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको लागी कार्य गर्नु पर्नेमा जोड दिए ।

पासवानले रूपान्तरण आफैबाट शुरु गर्नु पर्ने बताउँदै पार्टीको कामको प्रचार प्रसार जनता माझ गएर गर्नु पर्नेमा जोड दिए । मुलुक माओवादीको एजेण्डामा चली रहेको बताउँदै १० वर्षे महान जनयुद्धको नेतृत्वदेखि मुलुकमा भएको विभिन्न आन्दोलन लगायतको नेतृत्व माओवादीले गरी रहेको बताए । आम जनताले मुलुकमा भ्रष्टाचारीलाई कारागार थन्काउनु पर्ने पक्षमा रहेकोले वर्तमान सरकार देशमा सुशासन, समबृद्घि, सामाजिक न्यायको पक्षमा रहेको बताए । भ्रष्टाचार रहित र रोजगारीको ग्यारेण्टी सरकारले लिनु पर्ने उनले बताए । उनले रूपान्तरण सहितको ३ महिने अभियानलाई जनता समक्ष पुर्याउनु मुलुकमा परिवर्तन माओवादी पार्टीले मात्र गर्न सक्ने कुरामा जोड दिए । उनले अभियानबाट नै अव सबै प्रवृत्ति समाप्त भएर जाने दावी गर्नु हुँदै अब त्यो व्यक्तिगत स्वार्थलाई खतम पार्नको लागी आफैबाट रूपान्तरण गर्नु पर्ने बताउनु भयो । सो अवसरमा स्थानीय समस्या विकास निर्माण लगायतको समस्या कमिटी पद्धतिबाट समाधान हुने बताए।
उक्त भेलामा नेकपा (माओवादी केन्द्र) अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको गाउँ कमिटी द्वारा आयोजना गरेको अगुवा ,कार्यकर्ता भेला पालिका अध्यक्ष बेचन चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी अभियानका इन्चार्ज पूर्व मन्त्री महेन्द्र पासवानको ,प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने विशिष्ट अतिथि वैकल्पिक केन्द्रीय सदस्य असर्फी सदा , पूर्व प्रदेश सदस्य छेदी रजक(विमल),पुरानो वरिष्ठ महिला नेतृ सरस्वती चौधरी, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, पूर्व मधेस प्रदेश सभाका सदस्य प्रमिला यादव, पूर्व जि.स.बेचन मण्डल, कपिल सरदार, पशुपति चौधरी, अरुण चौधरी ,निशा चौधरी , रामदेव यादव, श्री प्रसाद मण्डल, उमाकान्त चौधरी, ललकु सदा, राम लाल सरदार, तिरहुत गापाका अध्यक्ष पदका प्रत्याशी उम्मेदवार राम कुमार रजक, लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न आ आफ्नो शुभ कामना मन्तव्य दिएका थिए ।
सो भेलाबाट बेचन प्रसाद चौधरीको संयोजकत्वमा २५ सदस्यीय तिन महिने अभियान टोली निर्माण भएको छ । सो अभियान टोलीमा पशुपति चौधरी ,कपिल सरदार,बेचन मण्डल,निशा कुमारी चौधरी ,अरुण चौधरी,राम लाल सरदार,महेश प्रसाद चौधरी, परशुराम चाधरी, किसमत मंसुरी, धु रन सदा,उमाकान्त चौधरी,पुरन चौधरी,बेचन प्रसाद चौधरी,भगवती प्रसाद चौधरी,नन्दकिशोर मण्डल,पंचु सदा, प्रदिप आचार्य, रामदेव यादव, श्री कुमारी चौधरी, शोभा चौधरी,ललकु सदा लगायत रहेका छन । त्यसै गरी आर्थिक समितिमा भगवती प्रसाद चौधरी (संयोजक), पशुपति चौधरी , मिसमत मंसुरी ,विनोद झा,प्रमिला यादव रहेका छन , यस्तै प्रचारप्रसार समितिमा अरुण कुमार चौधरी(संयोजक),राम लाल सरदार,प्रदिप आचार्य,रमेश चौधरी,ललकु सदा,छोटे लाल रहेका छन । यस्तै सांस्कृतिक टोलीमा ललकु सदा ,जीवन धिमिरे, श्री प्रसाद मण्डल रहेको गाउँपालिका अभियान टोलीले जनाएको छ । सोही भेलावाट १ नम्बर वडाको भेला असोज ६ गते गर्न संयोजकमा निशा चौधरी, २ न. वडाको ८ गते गर्न कपिल सरदार(संयोजक) ,३ न. वडाको ७ गते गर्न बेचन मण्डल(संयोजक),४ न. वडाको १० गते प्रमिला यादव( स-योजक) ,५ नं. वडाको ९ गते गर्न अरुण कुमार चौधरी (संयोजक) र ६ नं. वडाको ११ गते गर्न बेचन प्रसाद चौधरी(संयोजक) को जिम्मेवारी दिएको अअग्नीसाईर कृष्णासवरन गाउँपालिका अभियान टोलीले जनाएको छ ।












