कञ्चनरूप । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ जोगिनिया स्थित भगवती मन्दिर नजिकै रहेको राम बस्तीमा आगलागी हुँदा करिब ७ लाख बराबरको धन क्षति भएको हो ।


बिहीबार राति स्थानीय रोहित रामको ४ वटा घरमा आगलागी हुँदा दुई वटा गाई, खाद्यान्न सामग्री, लताकपड़ा, भाँडाकुँडाका, फर्निचरको सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएकोछ। गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीयवासी, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल र इप्रका हनुमाननगरका प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।













