कञ्चनरूप । सप्तरीको छिन्नमस्ता शक्तिपीठ मन्दिरमा महागंगा आरती शुरु हुने भएको छ ।


मन्दिरको मूलगेट अगाडि आजबाट प्रत्येक दिन साँझ ७ बजे देखि महागंगा आरती माहाआरती शुरु हुने भएको हो । मन्दिरका पिठाधीश महाकान्त ठाकुरले शुक्रबार ९आज० साँझदेखि यो माहाआरती शुरु हुन लागेको जानकारी दिए । माहाआरती दैनिक ५ जनाबाट गरिने भएको छ । आरतीका लागी भारतको बनारस र कुशेश्वर स्थानबाट आरती सम्बन्धी विशेष तालिम दिएको उनले बताए ।
ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले महागंगा आरती शुरु गरिने बताउँदै सहभागी हुन सबैसँग अनुरोध समेत गरेका छन् ।

छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडा, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको मूल पूजारी महानन्द ठाकुर बताउनुहुन्छ । यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ। मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहाँ वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ ।












