Logo

श्रोत नखुलेको करिब ११ लाख रकम सहित एक युवक पक्राउ

                     
Logo १३ कार्तिक २०८०, सोमबार २०:३९    

कञ्चनरूप । छिन्नमस्ता गाउँपालिका ३ का ३९ वर्षीय जयप्रकाश यादवलाई श्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँ सहित सोमवार बिहान पक्राउ गरि सप्तरी प्रहरीले सार्वजनिक गरेको छ ।

सोमवार बिहान ९ बजेतिर विष्णुपुर सडक खण्डको नहर चौक नजिकै श्रोत नखुलेको रकमसहित मोटरसाइकलमा गइरहेको विशेष सूचनाका आधारमा खटेको टोलीले चेकजाँचको क्रममा उक्त रकमसहित यादवलाई पक्राउ गरेको हो ।

यादवले प्रयोग गरेको मधेश प्रदेश २–०१–००१प.०७०८ नम्बरको मोटरसाइकलको सिटकभर भित्र लुकाइराखेको अवस्थामा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?