Logo

सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक प्रवर्द्धनका लागी सप्तरी महोत्सव शुरु

                     
Logo १२ कार्तिक २०८०, आईतवार २१:२९    

राजविराज । राजबिराजमा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक प्रवर्द्धनका लागी सप्तरी महोत्सव  राजविराजको राजरङ्गशालमा आइतबार देखि शुरु भएको छ ।

सप्तरी युथले वृहत मेलाको आयोजना गरेको मेला आइतबार राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरतले मेलाको उद्घाटन गरेकी छिन ।

महोत्सवमा बाल उद्यान सम्बन्धी विभिन्न स्टल, खानेकुराको स्टल सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

दुई सातासम्म सञ्चालन हुने मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालित मेलामा ३० भन्दा बढी स्टल रहेको सप्तरी  युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिए ।

कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिका ८ का अध्यक्ष एवम् नगर प्रवक्ता जयनारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, ७ का अध्यक्ष सुभास चन्द्र यादव, नेपाल पत्रकार महासङ्घकी केन्द्रिय सदस्य ललिता कुमारी साह, पूर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, शाखा  सप्तरीका अध्यक्ष श्रवण कुमार देव, ब्रह्ममा कुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी मुख्य प्रभारी भगवती दिदी , जसपा    सप्तरीका उपसचिव शम्भु कुमार यादव, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका सभापति रञ्जित कुमार यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मिथिला संस्कृत, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहेको छ ।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयोजक यादवले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए ।

मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताइएको छ ।

उद्घाटन सत्रमा सप्तरी युथ नेपाल उपाध्यक्ष मोहन यादवको अध्यक्षतामा आयोजित मेला उद्घाटन कार्यक्रममा राजबिराज नगरपालिकाका प्रवक्ता जय       नारायण मण्डल, वडा ७ का अध्यक्ष सुभास यादव, वडा २ का अध्यक्ष अरुण कुमार यादव, वडा १५ का अध्यक्ष ओम नारायण मण्डल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, मेला समिति संयोजक सत्येन्द्र यादव, सप्तरी युथका उपाध्यक्ष मोहन यादव, कोषाध्यक्ष विष्णु यादव, मैथिली साहित्य परिषदका अध्यक्ष अबधेश झा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार जितेन्द्र कुमार झा जितुले गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?