कञ्चनरूप ।


नेकपा माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज तथा पूर्व भूमिसुधार मन्त्री महेन्द्र पासवानले माओवादी नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारका ठूलाठूला फाइल खोलेपछि जनतामा माओवादी प्रतिआश जागेको बताएका छन ।

शनिबार संविधानसभा सदस्य स्वर्गीय मानपुर चौधरीको तेस्रो स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै पासवानले सो कुरा बताएका हुन् ।
पासवानले संघीयता, धर्मनिरपेक्षता र समावेशिता सहितको संविधान ध्वस्त पार्न केही तत्व लागि परेको बताएका छन ।
पूर्व मन्त्री पासवानले हजारौँ जनताका बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकार चाहिदैन भन्ने भ्रम सिर्जना गरिदैछ जबकि त्यस्तो हैन उत्पीडित जातीलाई थप उत्पीडन तर्फ उन्मुख गराउनमा उद्यत् गरिने षड्यन्त्र भएको बताए ।
पूर्व मन्त्री यादवले भने गणतन्त्र कसैले दाइजोमा ल्याएको सम्पत्ति हैन न कसैको आशीर्वाद पाएर आएको हो । उनले भने राजतन्त्र समाप्त पारि गणतन्त्र ल्याउनमा नेपाली कांग्रेस र एमालेको अहम् भूमिका खेलेका हुन ।
कार्यक्रममा माओवादी नेता छेदी रजक (बिमल)ले पार्टी भित्रको विवाद मिलाउन जहिले पनि मानपुर चौधरीजीले सकारात्मक पहलकदमी लिइ वहाँ जहिले पनि तत्पर रहको कुरा बताए ।
कार्यक्रममा माओवादी कञ्चनरूप ५ वडा संयोजक देव नारायण चौधरी, दिलिप थारू जनमुक्ति मोर्चा केन्द्रिय सह सचिव ,थारू कल्याण कारिणी सभा सभापति शिव नारायण थारू, भोला पासमान जसपा कञ्चनरूप नगर अध्यक्ष सुदम्वर यादव, जनमत नेता रामदेव , एमाले कञ्चनरूप नगर अध्यक्ष बच्चुलाल चौधरी, माओवादीका जिल्ला कमिटी सदस्य बसन्त मण्डल कञ्चनरूपका पूर्व मेयर एमाले नेता बसन्त कुमार मिश्र पूर्व सांसद सरस्वती चौधरी , कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ता
माओवादीका तथा केन्द्रिय सल्लाहकार पुष्प बस्ने ,माओवादी नेता भागवत यादव लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए
कार्यक्रम को अध्यक्ष सत्यनारायण मण्डलको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन मनोज चौधरीले गरेका थिए ।












