Logo

प्रतिष्ठान निर्माणको माग गर्दै १९औं दिन, नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ऐक्यबद्धता

                     
Logo १४ कार्तिक २०८०, मंगलवार २२:०२    

कञ्चनरूप । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनिश्चितकालीन रिले अनशनको १९ औ दिन पनि जारी नेपाल पत्रकार महासंघ शाखा सप्तरीले ऐक्यवद्धता जनाएको        छ ।

रिले अनशन स्थलमा पुगेर महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव सहितका अन्य पत्रकारहरूले पनि समर्थन जनाएका  हुन् ।

राजविराज नगरपालिकाको वडा नम्बर १० बिरोलका स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा प्रतिष्ठानको निर्माणस्थलमा थालिएको अनिश्चितकालीन अनशन १९ औ दिन पनि निरन्तर रहेको छ ।

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० बिरोल स्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास    गरेका थिए भने  ३     करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।  


लोकप्रिय छुटाउनुभयो कि ?