राजविराज । जनमत पार्टीले पत्रकार सञ्जीव बिक्रम शाह उपर हातपात गर्ने आफ्ना कार्यकर्तालाई कारवाही गर्ने बताएको छ । पार्टीका जिल्ला इन्चार्ज राम गमन साहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्ना दुःखद भएको बताएका छन् । पत्रकार उपर हातपात गर्नेलाई अनुशासनको कारवाही गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


गत १ कात्तिकमा डाक्नेश्वरी नगरपालिकामा भइरहेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकार शाह उपर जनमतका कार्यकर्ता अमरेन्द्र यादव र अनिल कुमार यादवले हातपात गरेका थिए ।
नेपाल पत्रकार महासङ्घको अगुवाइमा कानुनी प्रकृया अगाडि बढाएपछि हातपात गर्ने अमरेन्द्र र अनिलले पनि गल्ती स्वीकार गर्दै आगामी दिनमा पत्रकार उपर कुनै किसिमको घट्ना नगर्ने बताएका छन् ।

जनमत पार्टी, सप्तरीले निकालेको विज्ञप्तिमा पार्टी प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।












