Logo

जाजरकोट भूकम्प: १८ जनाको ज्यान गयो

                     
Logo १८ कार्तिक २०८०, शनिबार ०१:५०    

जाजरकोट खलंगा । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती भूकम्प जदा रुकुम पश्चिमको आठबिसकोटमा मात्रै १८ को मृत्यु पुस्टि भएको १५० भन्दा बढी घाइते भएका छ्न । ११,१२,१३ र १४ मा बढी मानबिय क्षती भएको छ ।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पका कारण जाजरकोटको खलंगामा केही घरहरू भत्किएका छन् भने केही मानिसहरू घाइते भएका छन्।

खलंगामा ढुङ्गाले बनेका करिब १५ घरमा क्षति पुगेको छ। ७/८ जना परिवारका सदस्यहरू घाइते भएको बुझिएको छ। अहिलेसम्म थप क्षतिको विवरण भने आएको छैन।

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?