Logo

भूकम्प अपडेट : मृतकको संख्या ५४ पुग्यो

                     
Logo १८ कार्तिक २०८०, शनिबार ०६:१३    

खलंगा । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमका प्रहरी अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित २६ जनाको मृत्यु पुष्टि भएको छ ।

जाजरकोटमा १४ महिला र १२ पुरुषको मृत्यु भएको छ । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पताल बिरामीले भरिएका छन् । सर्वसाधारणको रुवाबासी चलेको छ । उद्धारको क्रम जारी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?