Logo

इजरायलमा ज्यान गुमाएका आनन्दको शव पुग्दा भावविह्वल बन्यो सपही

                     
Logo १८ कार्तिक २०८०, शनिबार २२:२५    

जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको घर लगिएको छ ।

नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा

आइपुगेको थियो । विमानस्थल नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल बनेको थियो ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका आनन्द साहको आज दाहसंस्कार गरिएको छ ।

दाहसंस्कार अगाडी उनको शवमाथि गाउँभरका व्यक्तिले श्रद्धाञ्जली अर्पण गरेका थिए । शव देखेपछि उनका परिवारमा रुवाबासी चल्यो । आफन्त र गाउँवासी शोकमग्न र भावविह्वल देखिए ।

आनन्द स्थानीय सोमन साहका एक्लो छोरा थिए । एग्रिकल्चरमा बीएससी पढेका आनन्द इजरायल पुगेको २६ दिनमै मारिए ।


लोकप्रिय छुटाउनुभयो कि ?