Logo

विवादले निकाल्ने प्रवृत्तिले पालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्र पछाडि छ : नगर प्रमुख गुप्ता

                     
Logo १८ कार्तिक २०८०, शनिबार २२:३३    

कञ्चनरूप । कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले विकासको काम विवादले निकालेर ओझेलमा पर्ने प्रवृत्ति यस पालिकामा भएकोले शिक्षा तथा स्वास्थ्यको क्षेत्र पछाडि परेको बताएका छन ।

शनिवार कृति सामुदायिक स्वास्थ्य केन्द्र कञ्चनरूप १२ को छैठौ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिको आसनबाट यस्तो बताएका हुन ।

नगर प्रमुख गुप्ताले भने कुनै समयमा कञ्चनपुरको प्रसुती स्वास्थ्य सेवा एशियामै एक नम्बरमा थियो अहिले गन्तीमा पनि आँउदैन । अब भन्नुस् हाम्रो स्वास्थ्य अवस्था काहा छ ? उनले भने यस्तै अवस्था छ शिक्षाको पनि यही पालिका भित्र पर्ने विभिन्न सरकारी विद्यालयबाट पढेर गएका राष्ट्रिय अन्तराष्ट्रियमा ख्याति कमाई सेवा दिदा चै अबल हुने आफ्नै ठाँउमा सेवा दिन आयो भने केही जान्दैन भनेर उपहास गर्ने अनि चोक चोकमा बसेर चिया गफ गर्नेलाई समुदायले साथ सहयोग नदिनेले शिक्षा र स्वास्थ्यमा घण्टा हप्तामै विकास खोज्ने कसरी हुन्छ ।

नगर प्रमुख गुप्ताले भने  यहाँ निजी जे पनि चल्ने तर सामुदायिक भने पनि सबैको गैर जिम्मेवारी हुने कारण यस क्षेत्रको शिक्षा तथा स्वास्थ्य क्षेत्र खस्केको बताए । यस्तै कृति सामुदायिक उपचार केन्द्रका संस्थापक संरक्षक डा. रोहित कुमार पोखरेलले यस क्षेत्रमा सहज स्वास्थ्य सेवाको पहुँच होस भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको थिए तर व्यवस्थापनमा  समुदायको जिम्मेवारीमा फितलो भएकोमा दुख व्यक्त गरे । यस्तै नन्दलाल सङ्ग्रौला क्याम्पस प्रमुख दीपक कुमार गजुरेलले सामुदायिक भन्ने बित्तिकै समुदायले अपनत्वको भावनामा कमी हुनाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा अगाडि बढन नसको बताए ।

साधारण सभामा केन्द्रका सल्लाहकार जित बहादुर श्रेष्ठ, वडा १२ का वडाध्यक्ष देवी बहादुर खत्री, कार्यपालिका सदस्य सीता पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने केन्द्रका सञ्चालक समितिका सदस्य दक्ष नारायण श्रेष्ठले स्वागत गरे भने धन्यवाद ज्ञापन रितेश दासले गरेका थिए । देव नारायण श्रेष्ठको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

व्यवस्थापन समितिका कोषाध्यक्ष राजन अधिकारीद्वारा प्रस्तुती आर्थिक प्रतिवेदनमा २०७५÷ ०७६ देखि २०७९÷०८० सम्म  कार्याकालमा १ करोड ३९ लाख ६७ हजार ६ सय ९९ रुपैयाँ आम्दानी प्रस्तुत गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?