Logo

भूकम्प प्रभावित क्षेत्रमा कस कसको सहयोग ?

                     
Logo १८ कार्तिक २०८०, शनिबार २३:२४    

भुकम्पले जाजरकोटमा भत्किएका घर जाजरकोट , १८ कात्तिक : जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

कञ्चनरूप । भूकम्पले क्षति पु¥याएपछि त्यस क्षेत्रका जनताको चह¥याएको घाउमा मल्हम लगाउन विभिन्न संघ–संस्था, दातृ निकायहरूका साथै प्रदेश र स्थानीय सरकारले पनि राहत दिने घोषणा गरेका छन् ।

देशका ७ प्रदेश मध्ये ४ वटा प्रदेशले सो क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग रकमको घोषणा गरिसकेका छन् भने अन्य सरकारले पनि त्यसबारे निर्णय गर्ने बताएका छन् ।

कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।

यता बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरूलाई राहत स्वरूप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्पबाट पीडितहरूको राहत, उद्धार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि जाजरकोट भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । तुलसीपुरमा शनिवार बसेको प्रदेश सरकारको बैठकले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

यता गण्डकी प्रदेश सरकारले भने भूकम्पबाट पीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको छैन । भोलि छलफल गरेर यसबारे निर्णय निर्णय लिने बताइएको छ । साथै नागरिकको उद्धार र उपचारमा आफू पनि साथमा रहेको गण्डकी प्रदेशले जनाएको छ ।

यता मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । मुख्यमन्त्री यादवले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर भूकम्प पीडितलाई सहयोगको घोषणा गर्दै प्रभावित क्षेत्रमा राहत लिएर जाने जानकारी गराएको छ । अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

यता पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ ।

मेयर धनराज आचार्यले ५० लाख सहयोगको घोषणा गरेका हुन् । जनप्रतिनिधिले भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिनेछन् ।

चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने ।

जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?