Logo

कञ्चनरूपबाट नक्कली नोट सहित दुई जना पक्राउ

                     
Logo २० कार्तिक २०८०, सोमबार १८:००    

कञ्चनरूप । सप्तरीको कञ्चनरूपबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन ।

कञ्चनरूप नगरपालिका –८ स्थित  वेरियर बस स्टेसनमा पेडा किनेर फर्किरहेका दुई जनालाई शनिवार प्रहरीले नियन्त्रणमा दिएको छ ।

उनीहरूको साथबाट ११ हजार रुपैयाँ नक्कली  नोट बरामद भएको कञ्चनरूप प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुबै जना सप्तरीकै  बोदेबरसाईन नगरपालिका –३ गौराका २८ वर्षीय रमेश रजक र  ३० वर्षीय पिन्टु कुमार साह रहेका छन् ।

पक्राउ परेका रजकको बयानअनुसार साहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘जाली नोट र ती व्यक्तिहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएपछि जाली नोटको कारोबारबारे खुल्न आएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?