Logo

बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पक्राउ 

                     
Logo २० कार्तिक २०८०, सोमबार १९:२७    

बोदेबर्साईन जिल्लाको बोदेबर्साईन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

उक्त नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा सहसंयोजक साहले लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।

वोदेवर्साइन ५ का सहसंयोजक साहले ठाकुरको लु५५प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्रोभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताए । सोही आरोपमा बोदेबर्साईन नगरपालिका ५ जाँजरका मो। नजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?