Logo

मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका  कार्यशाला गोष्ठी सम्पन्न

                     
Logo २२ कार्तिक २०८०, बुधबार १९:४०    

अम्बिका दहाल

काठमाडौं ।

शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले आफू आफ्नै देशबाट २०५२ सालमा   गलैँचा कारखानाबाट जागिर लगाइदिन्छु भनी ललाइ फकाई भारतमा बेचिएको  बताइन ।

मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका  कार्यशाला गोष्ठी मंगलबार ललितपुरको होटेल हिमालयमा सम्पन्न कार्यक्रममा उनले यस्तो बताएकी हुन ।

उनले आफ्नो पीडा बताउदैन गहभरी आँसु पार्दै भनिन् भारतमा बेचिदा ६ महिना चिसो भुइँमा बस्नु ,सुत्नु पर्यो  ,समयमा खान पाइएन  र मानसिक पीडा  धेरै भयो ।

नेपाल ,भारत र बङलादेशको संस्थाले मिलेर आफूहरूलाई वि.स.२०५३ मा उद्धार गरेको र  नेपाल आएको बताइन् । त्यस समयमा नेपाल भारत र बङलादेशका महिला ,बालकालिका अहिलेसम्मकै ठुलो सङ्ख्यामा उद्धार भएको बताइन् । आफ्नो देशमा आइपुग्दा पनि आफूहरू पीडित नै भएको बताइन । सरकारले बिग्रिएका व्यक्ति  बेचिएकाहरू ए.आइ.भि. एड्स  संक्रमित हुन्छन् , भन्ने गर्‍यो  , हामीसँग  नागरिकता थिएन , घरपरिवारले पनि हेला गर्यो ।  सञ्चारकर्मीले  पनि खुलेर हाम्रो पक्षमा  समाचार संकलन गर्न सक्ने अवस्था थिएन । ऊनी भन्छिन् त्यो समयको पीडाले हामीलाई पाठ सिकायो । संस्थाकी सन्योजक उर्मिला श्रेष्ठले २०५४ सालमा गठन गरिएको शक्ति समुहले धेरै आरोह अवरोह पार गर्दै संस्था २६ वर्षको दौरानमा रहेको बताइन् । मुक्ति साउथ एसियाको प्रयोजनमा ३ वटा देशमा  नेपालमा शक्ति समुह , भारतमा चारवटा संगठन र बङलादेशमा एउटा संगठन  रहेको बताइन ।संस्थाले बेचिएका पीडितको उद्धार, उनीहरूलाई सीप सिकाउने जस्तैः कपडा सिलाइको तालिम  , पीडितलाई परिवारमा फिर्ता भैसकेपछि पनि फेरि परिवारबाट हेला ,तिरस्कार , हुने भएको कारण पीडित अझ पीडित भै बरु पहिले ठाउँ नै  ठिक थियो भन्ने सोचमा पर्ने गरेकोलाई  हामी एक वर्ष सम्म सम्पर्कमा रहन्छौ र उनीहरूलाई हामी तपाईँहरूको साथमा छौँ है भन्ने गरेको बताइन् ।  संस्थाकी संस्थापक सदस्य बाला भट्टराईले कहिलेकाँही आफूहरू मिडियाका कारण असुरक्षित भएको र पीडितको नाम ,ठेगाना सबै खमय ,फोटो वा पत्रिकामार्फत सार्वजनिक हुँदा पीडित अझ पीडित भएको बताइन् र गोप्य कुराहरू वा पीडितलाई न्यायमा सहयोग हुने कुरालाई ध्यानमा राखी समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह गरिन।

नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलले नेपाल सरकारले जहाँ पनि हस्ताक्षर गर्ने तर कानुन नबनाउने बताए ।

महिला तथा बालबालिका मन्त्रालयले खाली भ्रमण र भत्ताको मात्र खर्च गरेको बाकी नाम जस्तो केही काम नगरेको बताए । सञ्चारकर्मीले आचार संहितामा रहेर काम गर्नुपर्ने र खमय फोटो राख्दा सचेत स्वीकृति बिना राखन नपाइने नियम रहेको र नेपालमा सबै सञ्चारकर्मी पत्रकार रहेको र सबै पत्रकार सञ्चारकर्मी नरहेको बताए । संस्थाको तथ्याङ्कअनुसार पहिले र अहिलेको मानव बेचबिखनको तरिका फरक रहेको छ । पहिले ललाईफकाई मिठो खान ,राम्रो लाउन पाइन्छ ,जागिर लगाइदिन्छु भनी गाउँमा गएर भारतमा बेच्ने गर्थे अहिले सामाजिक सञ्जालमा फेसबुक म्यासेन्जर मार्फत माया जालमा फसाई , नक्कली बिहे गरि भारतमा बेच्ने गरेको र अझ सामाजिक सञ्जाल भन्दा आफ्ना र आफन्तबाट बढी बेचिएको तथ्यांकले देखाएको छ । देशमा कानुन बनेपनि कार्यान्वयन नहुनाले पीडित अझ पीडित हुने गरेको गुनासो कार्यक्रममा पीडितले व्यक्त गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?