Logo

राजनीतिक पूर्वाग्रहका कारण ताला लगाइएको विष्णुपुरको ६ नम्बर वडाका वडाध्यक्षको आरोप

                     
Logo २२ कार्तिक २०८०, बुधबार १९:०६    

कञ्चनरुप । जिल्लको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ मा एक साता देखि ताला बन्दी विषयमा वडाध्यक्ष परमानन्द यादवले राजनीतिक पूर्वाग्रहका कारण वडा कार्यालयमा तालाबन्दी गरिएको बताएका छन् ।

वडाध्यक्ष यादवले राजविराजमा बुधबार पत्रकार सम्मेल गर्दे आफू तीर्थ यात्राका लागि भारत गएको बेला राजनीतिक प्रतिशोध लिन कार्यवाहक वडाध्यक्ष रितादेवी यादवलाई वडा कार्यालय बाहिर निकालेर तालाबन्दी गरिएको आरोप लगाएका छन ।

‘म तीर्थ यात्राका लागि भारत जानुपर्ने भएको हुँदा गत कार्तिक १२ गते वडा सदस्य रीताकुमारी सदालाई कार्य जिम्मेवारी तोकेर जानु अघि राजेश कुमार राय सहितका व्यक्तिहरू ६ बुन्दे माग सहितका निवेदन लिएर आए, मैले तोक लगाएर दर्ता गरि तिहार छठ पछि आउनुस् माग गरिएको कागजहरू विष्णुपुर गाउँपालिका बाट ल्याउनु पर्छ र अहिले लेखापाल पनि निलम्बनमा गएपछि शाखा बन्द छ भनेको थिएँ’ । गत साउन ७ मा अख्तियारले छापामारेपछि विष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष उमेश प्रसाद यादवलाई मैले नै फसाएको निहुँमा निलम्बित अध्यक्ष यादव र स्थानीय जसपाका नेता एवं संघर्ष समितिका अध्यक्ष राजेश कुमार रायले म विरुद्ध लागेको वडाध्यक्ष यादवको भनाई छ । स्थानीय तहको चुनावमा जसपाबाट वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार राजेश कुमार रायले विष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष उमेश प्रसाद यादवको निर्देशनमा राजनीतिक प्रतिशोध लिन जनतालाई सेवा दिने वडा कार्यालयमा ताला लगाएर नागरिकको सेवा पाउने अधिकारलाई हनन गरेको वडाध्यक्ष यादवको आरोप छ । एक साता देखि वडा कार्यालय बन्द हुँदा सेवाग्राही भने मार्कामा परेका छन् ।

पत्रकार सम्मेलनमा वडा सदस्य रिता देवी सदाले वडाध्यक्ष बाहिर रहेकोले आएपछि कागजातहरू उपलब्ध गराउने भनेपनि उनीहरूले म र सचिवलाई कार्यालय बाहिर निकालेर तालाबन्दी गरेको पत्रकार सम्मेलनमा बताइन् ।

यता विष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष उमेश प्रसाद यादवले वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गर्न आफैले कुनै निर्देशन नदिएको बताए । ‘तालाबन्दी गरेर जनताको काम प्रभावित बनाउने काम राम्रो होइन, मेरो कुनै निर्देशन छैन र ताला लगाउनु कुनै पनि समस्याको समाधान होइन्’ उनले भने ।

यस्तै संघर्ष समितिका अध्यक्ष राजेश कुमार रायले वडाध्यक्ष यादव सँग कुनै पूर्वाग्रह नराखेको प्रतिक्रिया दिएका छन् । उनले आफूहरूले ६ बुन्दै माग राखेर वडाध्यक्ष समक्ष कार्तिक १२ मा निवेदन दर्ता गराएको र कार्तिक १४ गते माग गरिएको सबै कागजहरू दिने प्रतिवद्धता जनाएर उनी आफै वडा कार्यालयमा अनुपस्थित हुँदा तालाबन्दी गरिएको बताए ।

स्थानीयले गठन गरेको संघर्ष समितिले आर्थिक बर्ष २०७९÷०८० बजेट सार्वजनिक, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, कर्मचारी भर्ना प्रक्रिया, पोखरी ठेक्कापट्टा, सोलारबत्ती जडान र उपभोक्ता समिति गठन प्रक्रिया सहितका ६ बुन्दे माग राखेर स्थानीय १८ जनाको हस्ताक्षरमा कार्तिक १२ गते निवेदन दिएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?