Logo

सप्तरीमा ५ राउन्ड गोली सहित दुई युवक पक्राउ

                     
Logo २२ कार्तिक २०८०, बुधबार १७:२६    

कञ्चनरुप सप्तरी प्रहरीले ५ राउन्ड राइफलको गोलीसहित बनौली स्थित हुलाकी सडक खण्डबाट दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षका धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षका हरिशङ्कर यादव रहेको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका वडा नं.११ बनौली स्थित हुलाकी सडक खण्डबाट उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

धर्मजित साथबाट ५ राउन्ड राइफलको  (३०३) गोली फेला परेको र निजको साथमा रहेको हरिशङ्करलाई पनि नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेका दुवै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?