Logo

चुरे सम्बन्धी संघीय सरकारले ल्याएको विद्येयकले चुरेको अस्तित्व नरहने :अनिल कर्ण

                     
Logo २१ कार्तिक २०८०, मंगलवार २१:०७    

कञ्चनरूप । चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजका अध्यक्ष अनिल कर्णले चुरे सम्बन्धी संघीय सरकारले ल्याएको विद्येयकले चुरेको अस्तित्व नरहने बताएका छन् ।

चुरे बचाऔँ माटो पानी जोगाऔ भन्ने मूल नाराका साथ चुरे उत्थानशील परियोजना कार्यान्वयन एकाइ बर्दिवास, महोत्तरीको सहकार्यमा चुरे संरक्षणका लागि लोकमार्ग यात्रा तथा चौवटीया संवाद अभियान अन्तर्गत कञ्चनपुर हटियामा मंगलबार आयोजित कार्यक्रममा कर्णले सो कुरा बताएका हुन् ।

चुरे संरक्षणका लागि सप्तरी देखी महोत्तरी सम्मको ३ दिने लोकमार्ग यात्रा तथा चौबटिया संवाद आज मंगलबार पहिलो दिन को कार्यक्रममा कर्णले भने,‘ संघीय सरकारले ल्याएको विद्येयक चुरे संरक्षण भन्दा पनि चुरे दोहनका लागि ल्याएको हो, त्यसका विरुद्धमा जनस्तरबाट प्रतिरोध गर्नु आवश्यक छ ।’

चुरे उत्थानशील परियोजना कार्यान्वयन एकाइ बर्दिवास, महोत्तरीको सहकार्यमा चुरे संरक्षणका लागि लोकमार्ग यात्रा तथा चौवटीया संवाद अभियान सञ्चालन गरिएको चुरे नदी प्रणाली संरक्षण सरोकारवालाहरू एक हुन पर्ने अध्यक्ष कर्णले बताए ।

कर्णले चुरेको संबेदनसिल संरचनालाई दोहन गरेर तराई– मधेसमा मरुभूमिकाहरूको जोखिम बढेको भन्दै यसप्रति जनस्तरबाट समेत खबरदारी आवश्यक रहेको जिकिर गरे । चुरेमा भइरहेको दोहनका कारण त्यहाँका जंगली जनावर दक्षिणतर्फको बस्तीमा पसेर बालिनाली सखाप पार्ने गरेको बताउँदै उनले जैविक विविधता जोगाउन पनि चुरेको संरक्षण आवश्यक रहेको जानकारी दिए ।

चुरे क्षेत्रमा अव्यवस्थित बसोवास भएकाले भौतिक पूर्वाधारहरू विकास भएको तर भौतिक पूर्वाधारहरूले मात्र पुग्ने अवस्था पनि थिएन र चुरे क्षेत्रमा वस्तीहरूका लागि जिविकोपार्जनका रुपमा त्यहाँ खेती पशुपालन आदि इत्यादि गरियो र खेती पाती आरम्भ भएपछि फडानी भएको बताए ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले समेत चुरे बारे जनचेतना मूलक अभियान सञ्चालनले सर्वसाधारणमा चुरे प्रतिको सोचमा बदलाव ल्याउने विचार राखेका थिए ।

यसैगरी सोही कार्यक्रममा कञ्चनपुर हटियामा पत्रकार भोला पासवानले चुरे संरक्षणको सवाल मधेशका सबै जनतासँग प्रत्यक्ष रुपमा जोडिएको हो यसको संरक्षणमा चासो नदिए , कालान्तरमा मानव विनासलाई निम्त्याउने जिकिर गरे  । ’

रुपनी आयोजित सोही कार्यक्रमका नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यास शंकर उपाध्यायले भावी पुस्तालाई सुन्दर पर्यावरण हस्तान्तरणका लागि पनि चुरे जोगाउन आवश्यक रहेको बताए ।

कात्तिक २१ गतेबाट २३ गतेसम्मका लागि सप्तरीको कोसी  ब्यारेजबाट महोत्तरीको बर्दिबासमा गएर यात्रा टुङ्गिने अध्यक्ष कर्णले बताए । अभियानमा १७ जना सञ्चारकर्मी, सामाजिक अभियन्ता सहभागिता रहेको छ । चुरे संरक्षणको सन्देश सहित सप्तरीको कोसी ब्यारेज स्थित कंकालिनी मन्दिर परिसरबाट लोकमार्ग यात्रा र चौबटिया संवाद सुरु भएको हो ।

कंकालिनी मन्दिर परिसरमा अभियान शुभारम्भ कार्यक्रम प्रतिनिधिसभाका सांसद नवलकिशोर साहले चुरे बचाउनका लागि सांसदमा आवाज उठाउने र चुरे सम्बन्धी विद्येयकमा जनताका पक्षमा सशक्त र प्रभावकारी रूपले कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?