Logo

कञ्चनरूपकी एक महिला यात्रु बाहक बसमा लुटिन 

                     
Logo २१ कार्तिक २०८०, मंगलवार १८:२२    

कञ्चनरूप । सप्तरीको कञ्चनरूपकी एक महिला रूपनगर देखी राजविराज जाने क्रममा बाटोमै लुटिएकी छन ।

मंगलबार कञ्चनरूप नगरपालिका १२ रूपनगर शिव मन्दिर टोल घर भएकी अप्सरा बराल रूपनगर देखी रुपनी को बिचमा यात्रु बाहक बसमा नगद ७ हजार ५ सय र सुनको लकेट रहेको पर्स तथा अन्य महत्वपूर्ण सरकारी कागजात चोरी भएको बताएकी छन  ।

करिब दिउँसो १२ बजेको समयमा छिटो राजविराज जानको लागी रुपनी सम्मका लागी विराटनगर गाईघाट जाने बसमा रूपनगरबाट चढिन रुपनी पुगिन र अर्को बस समाती राजविराज पुगिन झोल हेर्दा नगद , सुन सहित पर्स नभेटे पछि आफू लुटिएको थाहा पाइन् ।

बरालका अनुसार झोला भित्र पर्समा नगद ७ हजार ५ सय, चारआनाको सुनको लकेट , एटिएम कार्ड, अदालतको तारिख प्रचार र मिटर ब्याजी  मुद्दा दर्ता नम्बर प्रमाण सहितको पर्स चोरी भएको बरालले बताइन् ।

रूपनगरबाट बस उड्दा केही पर सितापुर नजिक विशाल चोकमा पुगे पति केही शंकास्पद महिला तथा पुरुषहरू बसमा बसमा चढेको बताई । तिनीहरू माथि नै आशंका गरि प्रहरी उजुरी दिई उजुरी दिई खोजतलास फेला नपरेको उनले जानकारी दिइन् । 


लोकप्रिय छुटाउनुभयो कि ?