Logo

३ करोड ९९ लाखको आयव्यय सार्वजनिक गर्दै महुली सामुदायिकको २९ औं वार्षिक साधारणसभा 

                     
Logo २० कार्तिक २०८०, सोमबार २१:०७    

कञ्चनरूप ।  महुली सामुदायिक विकास केन्द्र  बकधुवाले २०७९र०८० को ३ करोड ९९ लाखको आयव्यय सार्वजनिक गर्दे २९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका निर्देशक तथा कार्यकारी सचिब प्रभु नारायण चौधरीले आव २०७९र०८० को ३ करोड ९९ लाखको आयव्यय र प्रगति प्रतिवेदन सहित आगामी आव २०८०र०८१  को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

साधारणसभाको अवसरमा सहायक कार्यकारी निर्देशक एवम् कार्यक्रम संयोजक चन्द्र नारायण चौधरी र वास कार्यक्रम संयोजक प्रताप श्रेष्ठ सम्मानित भएका छन् ।

साधारणसभा प्रमुख अतिथि लेखी, जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, सप्तकोशी नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी,  अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी प्रभु बैंक राजविराज शाखाका प्रबन्धक ज्ञान साह, माछापुच्छ्रे बैंक शाखा महुलीका प्रबन्धक निरज आचार्य, आदर्श दुग्ध सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदी, एडिबिका रूपेश कुमार चौधरी, मिना बस्नेत,डब्लु एचएचका श्याम कुमार चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

संस्थाका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा अध्यक्षतामा २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?