Logo

सप्तरीमा बुढ्यौली साहित्य समाज गठन

                     
Logo २४ कार्तिक २०८०, शुक्रबार १९:१८    

कञ्चनरूपवृद्धावस्था केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्देश्यका साथ साहित्यकारहरूको सप्तरी स्थित कञ्चनरूपमा शुक्रबार भएको भेलाले ‘बुढ्यौली साहित्य समाज सप्तरी’ गठन गरेको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औँ जयन्तीको अवसर पारेर सप्तरीका साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भेलाले वयोवृद्ध साहित्यकार तथा गोवर्धन बैरागी जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्यायको अध्यक्षतामा सात सदस्यीय‘ बुढ्यौली साहित्य समाज सप्तरी’ गठन गरेको हो ।

कञ्चनरूप स्थित डेफोडिल अंग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न भेलाले उपाध्यक्षमा मिना साह, सचिवमा मनोहर पोखरेल, कोषाध्यक्षमा दुर्गा दाहाललाई चयन गरेको छ ।

यसैगरी सदस्यहरूमा शिवा निरौला, रामकुमार चौधरी र मेघराज पौड्याललाई चयन हुनु भएको छ । कार्यक्रममा उपस्थित साहित्यकारहरू तीर्थराज उपाध्याय, मनोहर पोखरेल, मेघनाथ पौड्याल, मिना साह, दुर्गा दाहालले लक्ष्मी सन्दर्भ र बुढ्यौली अवस्था केन्द्रित आआफ्नो कविता, लघुकथा, मुक्तक वाचन गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले फुर्सदीले ‘वृद्धवृद्धालाई एक्लोपनको अनुभूति हुने भएकाले बुढ्यौली साहित्य समाजले जेष्ठ नागरिकहरूको आवाज बोल्ने भएका कारण एक्लोपन हटाउन सहयोग पुग्ने’ धारणा राखेका थिए ।

सामाजिक सभ्यता, संस्कार र संस्कृतिको परिवर्तनसँगै साहित्य र अन्य क्षेत्रको विकास र सन्दर्भअनुसार व्यापक क्षेत्र ओगट्दै धर्म, मानवशास्त्र, मनोविज्ञान, संस्कृति, समाज, भाषा, साहित्य, दर्शन तथा इतिहाससँग बुढ्यौली साहित्यको विषयलाई प्रस्तुत गर्नु पर्ने सचिव पोखरेलले बताए । समाज स्थापनाको उद्देश्यबारे बताउनु हुँदै पोखरेलले बुढ्यौली साहित्यको प्रयोग मानव र प्रकृतिको सृष्टिसँगै जोडिएर आएको सार्वभौम यथार्थ भएको बताए ।

सप्तरी मासर्व प्रथम गठन भएर कार्य प्रक्रिया अगाडि बढाएको बुढ्यौली साहित्य समाजले नेपाली, मैथिली र अन्य स्थानीय भाषाहरूको विकास विस्तार तथा अग्रजहरूको प्रतिभालाई संरक्षण र पुस्तान्तरण गर्दै जाने उद्देश्य राखेको मेधनाथ पौड्यालले बताए । 


लोकप्रिय छुटाउनुभयो कि ?