Logo

गणेशमान सिंहको १०८ औँ जन्म जयन्ती तथा सुवर्ण शमशेरको ४६ औं स्मृति दिवसमा विचार गोष्ठी

                     
Logo २४ कार्तिक २०८०, शुक्रबार १९:२४    

राजबिराज । सप्तरी कांग्रेसले गणेशमान सिंहको १०८ औँ जन्म जयन्ती तथा सुवर्ण शमशेरको ४६ औं स्मृति दिवस मनाएको छ ।

दिवसको अवसरमा सप्तरीको राजविराजमा गणेशमान सिंहको तस्वीरमा माल्यार्पण गर्दे विचार गोष्ठी आयोजना गरेको हो । नेपालको प्रजातान्त्रिक प्राप्ति लागि गरिएको आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

प्रजातन्त्र पुनःस्थापनाका लागि वि.सं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहले नेपालको प्रजातान्त्रिक प्राप्ति लागि गरिएको आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । विचार गोष्ठी अवसरमा कांग्रेसका सप्तरी सभापति रामदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तर्फको क्षेत्रीय सभापति उमेश मिश्राले त्यस बखत देश र जनताको निम्ति २०४६ को आन्दोलनमा नेपाली कांग्रेसलाई आन्दोलनको नेतृत्व प्रदान गर्ने कार्यकर्तालाई भत्ता ‘ निर्वासन खर्च समेत व्यहोरेको इतिहास रहेको बताए ।

नेपाल प्रेस युनियन सप्तरीको अध्यक्ष विनय कर्णले दुवै नेता जीवनको राजनैतिक कालखण्डमा पदको महत्वकांक्षा राखेन , तत्कालीन प्रजातन्त्र स्थापनार्थ गरिएका राजनैतिक आन्दोलनमा जीवनभरीको श्रीसम्पत्ति लगानी गरेको सुवर्ण शमशेर र गणेशमान सिंहको चिरस्मरणको निम्ति कांग्रेस पार्टीले के कस्ता कार्यहरू गरेको र गर्न सकिन्छ त्यसको समीक्षा आवश्यक रहेको बताए ।

सम्पूर्ण नेपाली जनताको अधिकारको लडाइ लड्न जनचेतना फैलाइएका महान नेता भएको सभापति साहले बताए । राजविराज विमानस्थलको उद्घाटन २०१६ सालमा नेता गणेशमान सिंहले गरेको इतिहासलाई धमिलो पार्न भ्रमित रूपले विमान स्थलको स्थापना २०५५ भनी झुटो शिलालेख बारे कांग्रेस लगायत सरोकारवाला मौन रहेको कांग्रेस जिल्ला सचिव सनत मण्डलले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?