Logo

शंकर मावि रूपनगरले शैक्षिक सामग्री वितरण तथा शुभकामना आदान प्रदान 

                     
Logo २४ कार्तिक २०८०, शुक्रबार २०:४१    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा न. १२ रूपनगर स्थित शंकर माविले विद्यालयमा अध्ययनरत छात्र छात्रालाई शुक्रबार शैक्षिक सामग्री वितरण वितरण गरेको छ ।

कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले शैक्षिक सामग्री वितरण गर्दै अनुशासित भएर शिक्षा लिन आग्रह गरेका छन ।

नगर प्रमुख गुप्ताले शैक्षिक क्षेत्र सुधार नकालागाी आफू सदैव तत्पर भएको हुदाँ शैक्षिक सामाग्रीले विद्यार्थी भाइ बैनीहरूलाई हौसला प्रदान होस भन्ने कामना गर्दे दिपावली नेपाल सम्वत् छट लगायतको चाड पर्वको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा कञ्चनरूप नगरपालिका प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख नवराज खड्का , ९ नं.का वडा अध्यक्ष रामसुन्दर यादव वडा सदस्य राजकुमार महतो तथा कार्यपालिका सदस्य सिता पौडेल एवम् पत्रकाको उपस्थिति रहेको थियो ।

वाल कक्षा देखी ९ कक्षा सम्म अध्ययनरत विद्यालयहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रम सञ्चालन शिक्षक प्रमोद कटुवालले गरेका थिए भने विद्यालयका प्रधानाध्यपक गंंगा प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?