Logo

स्वास्थ्य क्षेत्रमा प्रदेश मै सप्तरीका दुई पालिका दोश्रो र तेश्रो बन्न सफल

                     
Logo २५ कार्तिक २०८०, शनिबार १४:४७    

कञ्चनरूप । प्रदेशका १३६ पालिकामा मध्ये हनुमान नगर कङ्कालिनी नगरपालिका र कञ्चनरूप नगरपालिका निर्धारित सूचकहरू को पार गरि क्रमश दोश्रो र तेश्रो भएका छन ।

शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाम सम्पन्न गरिएको मधेस प्रदेश स्तरीय समीक्षा कार्यक्रममा मधेस प्रदेशभरि रहेका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रमा गरेको काम र हासिल गरेको प्रगति लगायतको सूचकहरू को आधारमा १३६ पालिकामा हनुमान नगर संकलन नगरपालिका । कञ्चनरूप नगरपालिका प्रदेश दोश्रो र तेस्रो भएको घोषणा गरिएको मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले जानकारी दिए ।

जसमध्ये खोप, पोषण, परिवार नियोजन, बालरोग, फोहोर व्यवस्थापन, न्यूनतम स्वास्थ्य मापदण्ड लगायतका सूचकको अध्ययनका आधारमा दिइएको अङ्कका आधारमा पालिकालाई छनौट गरिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक डा. राजिब कुमार झाले बताए ।

सम्मान पछि कुरा गर्दै हनुमान नगर कङ्कालिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामदेव यादले यस सफलताले हामी स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी स्वास्थ्यमा सरोकार राख्नेहरू एवम् नगर प्रमुख उपप्रमुख तथा नगरवासीमा हौसला प्रदान गरेको छ । अझ सफलताको लागी मेहनत गर्नु पर्ने जोस प्रदान गरेको बताए ।

समीक्षा कार्यक्रममा मधेस प्रदेशका आड जिल्लाहरूको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयहरूको स्वास्थ्यकर्मी सहभागी गराइएको थियो । उक्त समीक्षा कार्यक्रममा सहभागी भएको प्रदेशमा नै प्रथम स्थान हासिल गर्ने सर्लाही जिल्लाको हरिपुर नगरपालिका , दोश्रो हनुमान नगर कङ्कालिनी  र तेश्रा कञ्चनरूप नगरपालिकालाई सम्मान गरिएको थियो ।

स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका १३६ पालिका मध्ये दत स्थानमा आउँदा खुसी लागेको बताउँदै कञ्चनरूप नगरपालिका  नगर प्रमुख ललन प्रसाद गुप्ताले आगामी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर काम गर्ने बताए ।

सम्मान पछि कञ्चन २४ सँग कुरा गर्दे कञ्चनरूप नगरपालिका स्वास्थ्य  शाखा प्रमुख राम सेवक यादवले भने नगर भरीका स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्यसँग जोडिनुभएका सम्पूर्ण नगरवासीको सफलता भएको बताए ।   


लोकप्रिय छुटाउनुभयो कि ?