प्रकाश कुमार मण्डल , राजविराज । जिल्लको तिलाठी कोइलाडी ४ मा आइतबार साँझ एक औषधि पसलमा विद्युत सट भई आगलागी हुदाँ २ लाख ५० हजार बराबर औषधि र सरसमानहरू जलेर नष्ट भएको छ ।


गाउपालिका वाडा न ४ स्थित जिरिया हटिया ( कोइलाडी चौक) मा रामचन्द्र साहको घरमा भाडा लिइ पसल गर्दै आएका मनोज कुमार यादवको औषधि पसलमा आइतबार बेलुका ६ः३० बजे दिपावली गर्दा विद्युत सट भई आगलागी हुदाँ २ लाख ५० हजार बराबर औषधि र सरसमानहरू जलेर नष्ट भएको पसल सञ्चालक मनोज यादवले बताएका छन ।
सल सञ्चालक यादवका अनुसार हिजो दिपावलीको र पूजापाठ गरि पसल बन्द गरि घर गएको बेला विद्युत सट भएर आगो लागेको कुरा स्थानीय बैजु मण्डलले जानकारी गराए पछि आइपुग्दा ५० किसिमका औषधि सहित फर्निचरका सामानहरू जलेर नष्ट भए ।

आगलागी पछि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल वडा ३ का अध्यक्ष मुनिलाल मुखिया र वडा ४ रमेश मुखिया लगायतले घटना स्थलमा आई अवलोकन गरेका थिए । गाउँपालिकाले पूर्णरुपमा क्षतिपुर्ती बेहोर्न नसके नि राहत स्वरुप केही उपलब्ध गराउने बताएका छन ।












