Logo

सबै जातिसमुदायले मनाउने चाड पर्वलाई राज्यले समान रूपले हेर्नुपर्ने :प्रदेश सभा सदस्य लेखी

                     
Logo २८ कार्तिक २०८०, मंगलवार १९:३४    

कञ्चनरूप । मधेश प्रदेश सभा सदस्य राज कुमार लेखीले विविध संस्कृतिले धनी नेपाल फरक धर्म ,संस्कृति रहेका छन् सबै जगेर्ना गर्ने दाइत्व हामी सबैको रहेको बताएका छन ।

सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित बस्तिपुरमा मंगलबार आयोजित नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित न्हुदँया भिंतुनामा प्रमुख अतिथिको आसबाट लेखीले यस्तो बताएका हुन् ।

एउटा मात्र जाति समुदायको संस्कृतिको संरक्षण गरेर सम्पूर्ण को सम्मान नहुने भन्दै लेखीले देशमा मनाई सबै जातिसमुदायले मनाउने चाड पर्वलाई राज्यले समान हुपले हेर्नुपर्ने र सरकारले  विशेष आयोजना साथ संस्कृतिलाई  संरक्षण पर्ने बताए ।

यसैगरी  कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले संस्कृति संरक्षणका लागी नेवा समाज रूपनगरको स्थापना पछि नेपाल सम्वत् न्हुदँया भिन्तुनाको आयोजना गरी यस भेगमा नेवा संस्कृतिलाई चिनाउन योगदान गरेको बताइन् ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष बृजमान तामाङले आदिवासी तिनै तहको सरकारको उदासीनताका कारण जनजाति समुदायको उत्थानमा वादक भएको बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रकाश खतिवडाले नेपाल सम्वत् ११४४ नेवा समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको सम्वत् भएको भन्दै शंखधर साख्वाः राष्ट्रिय बिभुतीका रुपमा राष्ट्रको धरोहर रहेको बताए ।

कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पूर्व मेयर वसन्त मिश्रा, सुरेश पोखरेल, मदन श्रेष्ठ लगायतले न्हुदँया भिन्तुना तथा न्हुदँया भिन्तुनाको शुभकामना दिएका थिए । 

नेवा समाज रूपनगरका जेष्ठ नागरिक लेख नारायण श्रेष्ठ र धनमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।

नेवा समाज गुठी सभागृह बस्तीपुरबाट पञ्चकन्या सहित लाखे नाच प्रस्तुत गर्दै र्‍याली कञ्चनरूप नगरपालिकाको विभिन्न भाग परिक्रमा गरि नेवा समाज गुठी सभागृह बस्तीपुरमा आई शुभकामनामा परिणत भएको थियो ।

नेवा समाज रूपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत विष्णु श्रेष्ठले गरिन थिएन ।

शङ्खधर साख्वाले गरिबहरूको ऋणमोचन गरेको दिनको अवसरमा उनले चलाएको नेपाल संवत् र म्हःपूजाको अवसरमा नेवारी समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । साख्वाले वि।सं ९३७ इ सं ८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्‌को सुरुवात गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?