प्रकाश कुमार मण्डल ,राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा चोरीको घटना वृद्धि भएको छ । विहीबार राति तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ मंसापुरमा गए राति एकै दिन तीन जनाको घरमा चोरी भएको हो ।


रामचन्द्र मण्डलको पूर्व पट्टीको कोठामा कोही न रहेको मौका छोपी चोरी भएको छ । चोरहरूले घरभित्र रहेको दराजको ताल्चा फोडी दराज भित्ररहेको नगद २ लाख १० हजार सुनको अंगुठी आठआना , पायल एक जोडी , १०भरी ,दुई आनाको नाकको सुनको फुली, चाँदीको वाला १० भरी ,गरगहना र नगद लगायत सर सामानहरू चोरहरूले चोरी गरिएको पीडित मण्डलले बताए ।
सोही राति एकल महिला जोखनी देवी मण्डलको घरमा कोई नभएको मौका छोपी घरभित्र पसी काठको बाकस चोरहरूले घरको पश्चिम बाँसको घारीमा लगी ताल्चा फुटाई बाकस भित्र रहेको ४० हजार नगद, चार आना सुनको वाली, चाँदीको गोप, १० भरी लगायत सरसमानहरू लगेको पीडित जोखनी देवी मण्डलले बताइन ।

त्यसै गरि कृष्णकुमार मण्डलको घरबाट काठको बाकस घरदेखि १०० मिटर बाँसको घारीमा लगी बाकसको ताल्चा तोडी बाकस भित्र रहेको एक लाख नगद, २२ भरीको चाँदीको कारा एक जोडी, आठ आनाको कानको सुनको वाली, चाँदीको पञ्जा एक जोडी आठ भरीको चोरले लगेको पीडितको पत्नीले बताइन । सोही दिन राति गाउँमा नाँच गान भएकोले सवै नाँच गान हेर्न गरेकोले वेला चोरले मौका छोपी चोरी गरेको स्थानीयको भनाए छ ।












