कञ्चनरूप । राजविराज कारागारमा इक वर्ष देखि कैद भुक्तान गरिरहेका ६५ वर्षीय एक कैदीको मंगलबार मृत्यु भएको छ ।


शौचालयबाट निस्कँदा लडेका उनलाई तत्कालै उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो। उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले बताए।
कर्तव्य ज्यान मुद्दामा १६ कात्तिक ०७९ देखि कैद भुक्तान गरिरहेका राजविराज १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले जानकारी दिए। मण्डल मंगलबार बिहान खाना खाएर शौचालय गएका थिए। शौचालयबाट निस्केपछि लडेका उनलाई तत्कालै उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो। उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले बताए।

६५ वर्षीय कैदी मण्डल दमको रोगी रहेको दासको भनाई छ।












