कञ्चनरूप । चालु आर्थिक वर्ष २०८०८१ को चार महिना बितिसक्दा सप्तरीका ४ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सप्तरीका ४ पालिकाहरूले आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन्
सप्तरीका विवरण नबुझाउनेमा कञ्चनरूप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका रहेका छन ।

यसै गरी समग्र मधेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । जसमा सिराहाका औरही गाउँपालिका र भगवानपुर गाउँपालिका धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिकाले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् ।
त्यसैगरी त्यस्तै, कोशी प्रदेशको तेह्रथुमको आठराई गाउँपालिकालर बागमती प्रदेशको चितवनको राप्ती नगरपालिकाले मन्त्रालयलाई जानकारी गराएका छैनन् ।
पालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्त भित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् ।












