कञ्चनरूप । सप्तरी जिल्ला खेलकुद विकास समितिले जिल्लाका राष्ट्रिय खेलाडी विवेक यादव सहित दुई जना लाई सम्मान गरेको छ ।


राजविराज ७ स्थित आफ्नै कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय क्रिकेट खेलाडी विवेक कुमार यादव र भारोत्तोलन खेलाडी यादव सञ्जयलाई सम्मान गरेको हो ।
खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले जनही नगद ५ हजार १ सय राशीको नगद पुरस्कारसहित प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।

उनीहरूले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै सप्तरी सहित देशकै गरिमा उच्च बनाएकोले अझै खेलमा प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।
सप्तरी जिल्ला निवासी विवेक कुमार यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै नेपाललाई टि- ट्वान्टी विश्वकपका लागि छनौट भइ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसैगरी सप्तरी निवासी यादव सञ्जयले भारतमा आयोजित एसियन युथ र जुनियर भारोत्तोलन च्याम्पियन सिप-२०२३ मा सहभागी भई चौथो स्थान हासिल गरेका थिए ।
कार्यक्रममा क्रिकेट संघका केन्द्रिय सदस्य एवम् सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, निवर्तमान सहसचिव चन्दन कुमार यादव, प्रदेश परिषद सदस्य बृजमान तामाङ, विभिन्न विधाका प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।












