अम्बिका दहाल ,काठमाडौँ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेर समर्थन जनाएको छ ।


मशाल जुलुसमा सहभागीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो नदिएको भन्दै सरकारको विरोध गरेका थिए ।
मंसिर ७ गते गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा ती सङ्गठनले सोमबार पनि मसाल जुलुस निकालेका थिए । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।

बुधबार प्रदर्शनी मार्गमा अनेरास्ववियुले मसला जुलुस निकाल्दै युवा संघको कार्यक्रममा समर्थन जनाएको हो । युवा संघले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै भोलि काठमाडौंको तीनकुनेमा विशाल प्रदर्शनको तयारी गरेको छ ।













