कञ्चनरूप । सप्तरीको कञ्चनरूप –८ सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १ करोड ९ लाख ३३ हजार ८ सय ६१ रुपैयाँ कमाएको छ ।


सहकारीको १६ औं वार्षिक साधारणमा प्रस्तुत २०७९/८० को लेखा परिक्षण प्रतिवेदनले देखाएको छ ।
सहकारीका व्यवस्थापक बिनोद कुमार दासद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन अनुसार ३८ करोड ६ लाख ४२ हजार ६ सय १४ रुपैयाँको आयव्यय प्रस्तुत गर्दै बचत तथा निक्षेप तर्फ २८ करोड १३ लाख ३९ हजार ३ सय ११ रुपैयाँ रहेको उल्लेख गरे भने संघीय सरकारलाई २३ लाख ८३ हजार ४ सय ७७ रुपैयाँ सहकारीले कर तिरेको र सहकारीले कुल नाफा १ करोड ९ लाख ३३ हजार ८ सय ६१ रुपैयाँ नाफा कमाउन सफल भएको उल्लेख गरेका थिए ।

सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादवको अध्यक्षता आजोति कार्यक्रममा कञ्चनरूप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा शुक्रबार साधारणसभा सम्पन्न भएको थियो भने साधारणसभामा तिरहुत गाउँपालिकाका पुर्व अध्यक्ष हेमन्त बहरखेर (मनोज) , तिरहुत वडा नम्बर –१ का वडा अध्यक्ष शिब नारायण महतो ,अन्नपूर्ण सहकारीका. अध्यक्ष सुदम्बर यादव, दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान, समाजसेवी खिकर साहल गायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।












