Logo

रुपनी गाउँपालिकाको बजेट ५४करोड ४१ लाख १७ हजार २ सय २ रुपैयाँ

                     
Logo १५ मंसिर २०८०, शुक्रबार २०:००    

नर्मदेव यादव , रुपनी । सप्तरीको रुपनी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ५४ करोड ४१ लाख १७ हजार २ सय २ रुपैयाँको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तेश्रो गाउँसभा सम्पन्न गरेको छ ।

उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ५४ करोड ४१ लाख १७ हजार २ सय २ रुपैयाँको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका बिच गाउँसभा सम्पन्न भएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?